पाल्पा
नेवा गुठी तानसेनको आयोजनामा सनिवार तानसेनमा अन्तरकृया कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रममा इतिहास बिद निर्मल श्रेष्ठले नेवार जनजाती र पाल्पामा नेवार जातिको आगमन बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो।कार्यपत्र माथी अनुराधा बज्राचार्यले टिप्पणी गर्नु भएको थियो।
कार्यक्रमका प्रमुख अतिथि तानसेन नगरपालिकाका प्रमुख शन्तोषलाल श्रेष्ठले आयोजकले नेवार जातिका बारेमा कार्यक्रम गरेकोमा खुशी व्यक्त गर्नुहुदै स्थानीय सरकारले तानसेनमा रहेको धर्म सकृति र जनजाति सस्कृति बचाउने कार्यमा सहयोग गर्दै आएको बताउनु भयो।
कार्यक्रममा निवर्तमान नगर प्रमुख अशोक कुमार शाहि , देउराली सास्कृतिक परिवारका अध्यक्ष मदन लाल श्रेष्ठ , पासाखल पाल्पाका अध्यक्ष देबेन्द्र मान शाक्य, पत्रकार राजेन्द्र लिगल , अजय मान कर्मचार्य , केसब लाल शाक्य , सौन्दर्य वति शाक्य , त्रिरत्न लाल शाक्य ,छत्र राज शाक्य लगायतले नेवार समुदाय सस्कृति र पहिचान बारेमा बोल्नु भएको थियो।कार्यक्रममा गूठीका कोषाध्यक्ष सुरेन्द्र मान कर्मचार्यको स्वागत , सचीव नबिन मान श्रेष्ठको सन्चालन र गूठीका अध्यक्ष प्रकाश गोगलको सभापतित्व मा सम्पन्न भएको थियो।