सुमित्रा कंडेल ,पाल्पा
उपमेयर्स फोरम पाल्पाको पहिलो बैठक रिब्दिकोटमा बसेको छ।
रिब्दीकोट गाउँपालिकाको आयोजनामा पाल्पाका दस वटै स्थानीय तहका उप प्रमुख/ उपाध्यक्षहरु सम्मीलित उप मेयर्स फोरमको पहिलो बैठक शुक्रबार रिब्दीकोट गाउँपालिका खस्यौलिमा बसेर विभिन्न विषयमा छलफल गरेको जनाएको छ।
बैठकका प्रमुख आतिथि पालिकाका अध्यक्ष नारायण बहादुर कार्कीले फोरमलाई शसक्त रूपमा बलियो बनाइ आफ्नो अधिकार अनुसारको काम मितब्ययी,पारदर्शी,सुशासन युक्त गरि जनतालाइ सहज सेवा प्रदान गर्न अनुरोध गर्दै शुभकामना दिनुभएको थियो।
कार्यक्रम फोरमका संयोजक तानसेन नगरपालिका उप प्रमुख प्रतीक्षा सिङ्जालीले बैठकका एजेन्डा प्रस्तुत गर्दै विद्यान मस्यौदा समिती संयोजक प्रतीक्षा गाहा,सहसंयोजक बगनासकालि गाउँपालिकाका उपाध्यक्ष हरि प्रशाद पाठक र तिनाउ गाउँ पालिकाका उपाध्यक्ष लाल बहादुर थापा रहने गरि ३ सदस्यीय विद्यान मस्यौदा समिति गठन गर्ने निर्णय गरेको छ ।त्यस्तैगरी संबैधानिक अधिकार र स्थानीय सरकार संचालन ऎन २०७४ ले दिएको अधिकारलाई अवलम्बन गर्दै जिल्ला भरिका स्थानीय तहमा गरिने न्यायीक निरुपणमा एकरूपता बनाउने कुरामा निर्णय गरेको छ।त्यस्तै जिल्लाभरका उपमेयर तथा उपाध्यक्षको कामलाई प्रवाभकारी बनाइ सेवा प्रवाहलाइ चुस्तदुरुस्त र पारदर्शी बनाउन भुमिका खेल्ने साथै आफ्नो काम र कर्तव्य र भुमिकालाई पहिचान गरि आआफ्नो जिम्मेवारीलाई शसक्त रूपमा स्थानीय सरकार संचालनमा महत्त्वपूर्ण भुमिका खेल्दै जनताको काममा प्रभावकारी भुमिका खेल्ने बारे छलफल भएको संयोजक गाहाले जानकारी दिनुभयो ।बैठकमा एजेन्डामाथि उपस्थित १० वटा स्थानीय तहमा उपप्रमुखहरुले आ आफ्नो पालिकाले गरेका काम र असल अभ्यासको आदानप्रदान गरेका थिए।कार्यक्रम रिब्दिकोट गाउँपालिकाको आयोजना र व्यवस्थापनमा संचालन भएको हो।निर्णय भएका एजेन्डालाई कार्यान्वयन गर्दै जाने र फोरमलाई निरन्तर सक्रिय र प्रवाभकारी रूपमा अगाडि लैजाने निष्कष निकालेको छ।
बैठकमा पाल्पा जिल्ला अन्तर्गत १० वटै स्थानिय तहका उप प्रमुख/ उपाध्यक्षहरुका साथै रिब्दिकोट गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत लेखनाथ पोखरेल लगायतको उपस्थितिमा भएको हो।
बैठकमा उपस्थित सबैलाइ रिब्दीकोट गाउँपालिका उपाध्यक्ष कान्ता अधिकारीले स्वागत गर्नुभएको थियो ।कार्यक्रमको संचालन उपमेयर्स फोरमका सह संयोजक तथा बगनासकाली गाउँ पालिकाका उपाध्यक्ष हरि पाठकले संचालन गर्नुभएको थियो।
उपमेयर्स फोरम गत बैशाख १८ गते तानसेन नगरपालिकाको आयोजनामा भएको जिल्ला न्यायीक सम्मेलन हुदा तानसेनका उपप्रमुख प्रतीक्षा गाहा सिङ्जालिको संयोजकत्वमा गठन भएको थियो।