रूपा थापा
तानसेन, साउन १९ - पाल्पामा बस्ने जन्मभुमी र कर्मभुमी गुल्मी भएका गुल्मेली चेलीबेटिहरुले संगठित रुपमा मानवीय सेवा कार्य गरेका छन् । जन्मभुमीबाट पाएको संस्कार ,संस्कृति र सीपलाई पाल्पामा सिंचित गर्ने सकारात्मक सोचका साथ गुल्मेली चेलीबेटी समुहमार्फत सामाजिक कार्यमा अग्रसर भएका हुन ।
पाल्पामा बस्ने गुल्मेली चेलिबेटीहरुले एक्लो महसुस नगरुन भन्ने उद्देश्यका साथ समूह गठन गरिएको अध्यक्ष रमा पन्तले जानकारी दिनु भयो ।
पाल्पा स्थित “निलसागर बृद्ध आश्रम”मा बस्ने २२ जना बाबाआमाहरुलाई श्रावण महिनामा खीर ख्वाउने कार्यक्रम सम्पन्न गरिएको संस्थाकी सचीव रिता पौडेलले जनाउनु भयो ।
कार्यक्रममा कुशुम शहकारी संस्थाका अध्यक्ष सुरेश ढकाल र गुल्मेली समुहका सल्लाहकार धनकला गाहॉले शुभकामना मन्तव्य दिनुभयो।
कार्यक्रमको संचालन संस्थाकी सचिब रीता पौडेलले गर्नु भएको थियो भने संस्थाकी उपाध्यक्ष लक्ष्मी कंडेलले स्वागत गर्नु भएको थियो।