साउन १८ बुटवल
श्री नेवा पुच नेवा समाज विकास परिषद् केन्द्रीय कार्यालय बुटवलले गठामुग चह्रे घण्टाकर्ण चर्तुदर्शि काे अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेकाे छ ।
कार्यक्रममा सस्थाका अध्यक्ष काजिमान श्रेष्ठकाे अध्यक्षता रहेकाे थियाे भने लवकुश श्रेष्ठकाे प्रमुख आतिध्यता रहेकाे थियाे । कार्यक्रममा वाेल्दै
नेपाल भाषामा यस दिनलाई गथांमुग चले पनि भन्दछन्। प्रत्येक वर्ष श्रावण कृष्णपक्षको चतुर्दशी तिथिमा गथांमुग पर्व मनाइन्छ। आजको दिनमा देशविदेशमा रहेका नेवार समुदायले घरभित्र रहेका सम्पूर्ण अपवित्र वस्तु, भूत, प्रेत, पिशाच, राक्षस, उपियाँ, उडुस तथा रोग-व्याधि आदिलाई विधिवत् पन्छाई आफ्नो बासस्थान, टोल छिमेक र बाटोघाटो सफा, बलियो एवं सुरक्षित बनाइराख्न घण्टाकर्ण, गथांमुग पर्व मनाउँछन् ।
नेवार समुदायले मनाउने सरसफाइको पर्वका रूपमा गथांमुगलाई लिन सकिन्छ। यस दिन सर्वप्रथम घर-आँगनमा सरसफाइ तथा सम्पूर्ण कोठा, चोटा र छिँडीमा समेत लिपपोत गरी पवित्र बनाएर आफ्ना इष्टदेवका रूपमा प्रतिष्ठित कुमार कार्तिकेयको पूजा गर्ने चलन छ।
वर्षाको समयमा किसानहरू अन्नबाली लगाउन बढी व्यस्त हुन्छन्। यो समयमा कामको व्यस्तताले घरको सरसफाइ नहुने हुँदा फोहोर जम्मा हुने र किराकिरी घरमा प्रवेश गरी दुःख दिने सम्भावना रहन्छ। त्यसैले भनिन्छ, घरका अँध्यारा कुना र फोहोरमा मानिसलाई दुःख दिने राक्षस, दुष्ट आत्मा एवं भूतप्रेतको बास हुन्छ। फोहोर नै रोगव्याधिको कारक समेत भएको हुँदा घरका कुनाकुनामा जम्मा भएको फोहोरलाई आजको दिनमा निकाली सफा गरिन्छ। यसरी सफा गर्दा संकलन भएको फोहोरलाई राक्षस मानेर छ्वाली, नर्कट, बोझोको बोट, सिस्नो, गाँजा आदि काम नलाग्ने वनस्पतिमा पोको पारिन्छ। त्यसलाई यथासम्भव कलात्मकता दिएर गथांमुग बनाइन्छ र त्यही राक्षसरूपलाई गाली गर्दै घरबाट बाहिर निकाल्ने गरिन्छ भन्ने कुरा प्रमुख अतिथि लवकुश श्रेष्ठले जानकारि दिनु भयाे। कार्यक्रममा जीवन प्रसाद ओझा,तिलक प्रसाद श्रेष्ठ लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिय । कार्यक्रममा सस्था कि वरिष्ठ उपाध्यक्ष कल्याणि श्रेष्ठले आस्था पाठ गरेकि थिईन भने कार्यक्रमका सयाेजक टुपला लाकाैलकाे सम्याेजन तथा आनन्द भगत श्रेष्ठकाे स्वागत मन्तव्य तथा सचिव लक्ष्मि श्रेष्ठकाे सञ्चालनमा कार्यक्रम सम्पन्न भएकाे थियाे ।