पाल्पा – पाल्पा जिल्लाका विद्यालयहरु आजदेखि खुलेका छन् । कोरोना नियन्त्रणका लागि भन्दै जिल्ला प्रशासन कार्यालय पाल्पाले शुक्रबार ९ बुँदे आदेश जारी गर्दै शैक्षिक संस्था तथा विद्यालयहरूमा भौतिक उपस्थितिमै पठनपाठन सुरु गर्न अनुमति दिएको हो । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड १९को नयाँ भेरियन्ट ओमिक्रोन सहितको संक्रमण बढ्दै गएपछि रोकथाम र नियन्त्रणलाई थप प्रभावकारी बनाउन नेपाल सरकारले माघ पहिलो सातादेखि बन्द रहेको विद्यालय आजदेखि खुलेपछि विद्यार्थीहरू उत्साहित देखिएका थिए ।
बिहानै विद्यालयतर्फ विद्यार्थीहरु स्याङफस्याङ गर्दै दौडिरहेका थिए । विद्यालय सञ्चालन गर्दा १२ वर्ष पूरा नभएका विद्यार्थीको हकमा भने आलोपालो गरी कक्षा सञ्चालन गर्ने व्यवस्था मिलाउन जिल्ला प्रशासन कार्यालय पाल्पाले आदेश गरेको छ ।













