पाल्पा – कोभिड–१९ को तेस्रो लहरको जोखिम बढेसँगै बन्द भएका पाल्पाका शैक्षिक संस्था तथा विभिन्न व्यापार व्यवसाय आजदेखि सञ्चालन भएका छन् । व्यापार व्यवसाय रेस्टुरेन्ट, डान्सबार हाटबजारलगायतका व्यवसाय स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै आजदेखि सञ्चालन भएको हो । जिल्ला प्रशासन कार्यालय पाल्पाले आदेश जारी गरकोे अनुसार विश्वविद्यालय, कलेज र विद्यालय वा अन्य प्रकारका शैक्षिक क्रियाकलापहरु भौतिक उपस्थितमा गर्न सकिने, १२ वर्ष पुरा नभएका अर्थात कोभिड विरुद्धको खोप नपाएका विद्यार्थीहरुलाई भौतिक उपस्थितमा विद्यालय संचालन गर्दा स्वास्थ्य सुरक्षाका मापदण्ड विशेष रुपमा पालना गर्नुपर्ने जनाएको छ । त्यस्तै विवाह व्रतबन्ध र अन्य सामाजिक सांस्कृतिक कार्यक्रम गर्दा १०० जना नबढ्ने गरी संचालन गर्ने, सिनेमाहल, डानसवार, दोहोरी, नाचघर, क्लब, हेल्थ क्लब, जिमखाना, स्वीमिड पुल, फुटसल, पटक हाटबजारमा क्षमता भन्दा बढी नहुने गरी तोकिएको समय सम्म मर्यादित रुपमा सञ्चालन गर्ने, गोष्ठि, सेमिनार समीक्षा बैठक जस्ता क्रियाकलापमा बढिमा १०० जना सम्म उपस्थित भई गर्ने, मठ, मन्दिर, मस्जित, गुम्वा, चर्च आदि धार्मिक स्थलमा एक पटकमा ५० जनामा नबढ्ने गरी पुजा गर्न सकिने, खेलमैदानमा दर्शक क्षमता भन्दा बढि नहुने गरी खेलकुद कार्यक्रम गर्न सकिने, सार्वजनिक यातायातका यात्रुवाहक सवारी साधन यात्रु र होटल व्यवसाय, रेष्टुरेन्ट, खाजाघर, अन्य व्यवसाय र सार्वजनिक निकायले सेवा प्रदान गर्दा पूर्व मितिका आदेश पालना गरी सञ्चालन गर्नपर्ने जनाएको छ ।













