
पाल्पा २७,जेष्ठ
एक कार्यक्रम बिच आइतवार माया रानाद्वारा लिखित “चिनारी ढोलीमाराको” हिज आज र भोलि पुस्तक ढोलिमाराको होमस्टेयको सामुदायिक भवनमा बिमोचन भएको छ।
सयरि युवा क्लब ढोलिमाराको आयोजनामा लुम्बिनी प्रदेश सभा सदस्य माननीय खेम बहादुर सारुले पुस्तक बिमोचन गर्नु भएको होे। कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका सारुले पुस्तकमा ढोलिमाराको कला सँस्कृति,जातजाति,भेषभुषा,रहन सहन,शैक्षिक,सामाजिक,आर्थिक,रोजगारि,कृषि,पशुपालन,पर्यटकीय क्षेत्र,जनसंख्या,होमस्टेय र भोलि गर्न सकिने तथा गर्नु पर्ने काम, योजना लगाएतका बारेमा लेखिएको वताउनु भयो।
यो पुस्तक ढोलिमाराको एतिहासिक दस्तावेज बनेको भन्दै लेखक र प्रकाशकलाई धन्यवाद दिदै भोलि ढोलिमारावासीलाई हरेक समयमा आफ्नो साथ र सहयोग रहने सारुले प्रतिवद्धता गर्नु भयो ।
यो पुस्तकले ढोलिमाराको मात्र नभएर समग्रपुर्वखोला गाउपालिकाकै पुस्तकको रुपमा रहने पुर्वखोला गाउपालिकाका अध्यक्ष नुन बहादुर थापाले वताउनु भयो। पुस्तकले गर्दा पुर्वखोला गाउपालिकाको चिनारीमा ठुलो सहयोग पुग्ने विश्वास रहेको समेत थापाले जनाउनु भयो । थापाले आगामी दिनमा पुर्वखोला गाउपालिकाकै चिनारीको पुस्तक लेख्न सल्लाह दिनुहुदै लेखकलाइ आवश्यक साथ सहयोग गाउपालिकाले दिने बताउनुभयो ।
पुस्तकमाथि टिप्पणि गर्नु हुदै साहित्यकार तथा पत्रकार दल बहादुर गुरुङ, उदबुद्द मा.वि.का सहायक प्र.अ. सुशील न्यौपानेले पुस्तकमा सरल गाउले भाषा प्रयोग भएको ,पुस्तक भित्र १४ वटा विषय वस्तु समेटिएको जसमा ढोलिमाराको परिचय देखि लिएर एतिहासिक पृष्ठभूमि सामाजिक,शैक्षिक,आर्थिक,रोजगारि,चुलिडाडा पर्यटकीय क्षेत्र ,कबुलियति वन ,किवि खेति ,ढोलिमाराको विकासमा जापानि नागरिक काजुमासा काकिमिले पुर्याएको योगदान,ढोलिमाराको भावि योजना र गित कविता ,फोटोहरु गरि जम्मा ६८ पेज समाबेश रहेको जानकारी गराउनु भयो। केहि विषयवस्तु अगाडि पछाडि हुनुपर्ने सल्लाह दिदै समग्र रुपमा पुस्तक राम्रो रहेको टिप्पणी गर्नुभयो ।
पुर्वखोला गाउपालिकाका प्रबक्ता मेहर सिं थापा ,जल्पा वडाका अध्यक्ष नीर बहादुर सारु ,रिङनेरह वडाका अध्यक्ष कृष्ण प्रसाद भट्टराई , शम्भु मा.वि. का प्र. अ.चित्रबहादुर कवर,समाज उत्थान सहयोग केन्द्रका अध्यक्ष मोहन बहादुर रखाल,पुर्वखोला स्वास्थ्य शाखाका प्रमुख मोहन ढकाल,जल्पा स्वास्थ्य चौकिका प्रमुख पदम दर्लामि लगाएतले पुस्तकको बारेमा चर्चा गर्दै शुभकामना दिनुभएको थियो ।
पुस्तक सायरि युवा क्लबको व्यवस्थापन,चित्रबहादुर कवर र भिम बहादुर आलेको सम्पादन तथा श्रिधन कवरको कम्प्युटर टाइपिङमा प्रकाशन भएको हो ।
पुस्तक लेखक माया रानाले आफ्नो पहिलो पुस्तक भएको हुदा केही कमि कम्जोरि भएको अवस्थामा टिप्पणीकारले उठाउनु भएको कमि कम्जोरिलाई सच्याउने र पुस्तक लेखन,प्रकाशनमा सहयोग गर्नुहुने सबैलाई धन्यवाद दिदै आगामी दिनमा नँया विषय वस्तुमा पुस्तक लेख्न हौसला मिलेकोले तयारीमा लाग्ने र पुस्तक लेख्ने बताउनुभयो ।
कार्यक्रममा पुस्तक लेखक,लेखन सहयोगी, प्रकाशन गर्ने संघसंस्थालाई सम्मानपत्र तथा मायाको चिनो प्रदान गरिएको थियो ।
कार्यक्रम सायरि युवा क्लबका अध्यक्ष श्रिधन कवरको अध्यक्षतामा सम्पन्न भएको थियो ।
