
जेठ १६ पाल्पा
तानसेन नगरपालिकाले लैङ्गिक समानता, अपाङ्गता र सामाजिक समावेशीकरण कार्यक्रम निर्माण गर्न लुम्बिनीमा कार्यशाला गरेकाे छ । बजेट निर्माणमा जुटेकाे तानसेनले नीति तथा कार्यक्रममै समावेशीकरणलाइ ध्यानदिन कार्यक्रम गरेकाे हाे । जेशीमैत्री कार्यक्रम ढाँचा निर्माण कार्यशालामा बाेल्दै तानसेन नगरपालिकाका नगर प्रमुख सन्ताेषलाल श्रेष्ठले सबै तह र क्षेत्रका नागरिकहरूले अनुभूती गर्नेगरि नीति तथा कार्यक्रम निर्माण गरिने बताउनु भयो ।
कार्यक्रममा नगर उपप्रमुख प्रतिक्षा गाहा सिंजालीले हरेक वर्ग र क्षेत्रका व्यक्तिहरूलाइ अपनत्वबाेध हुने गरि कार्यक्रम निर्माण गर्ने बताउनु भयो । । लुम्बिनीमा गरिएकाे एक दिने कार्यशालाकाे जेशी विज्ञ मिग्मा ताम्राकारले सहजिकरण गर्नुभएको थियो । आर्थिक, सामाजिक र सांस्कृतिक लाभका दृष्टिमा पछि परेका वर्ग तथा सम्प्रदायलाई बजेट तथा कार्यक्रमका माध्यमबाट अवसर उपलब्ध गराउन सामाजिक समावेशितामुखी बजेट निर्माण गर्न कार्यशाला गरिएकाे दि एशिया फाउन्डेसनका लुम्बिनी प्रदेश संयाेजक चुरामणी पाेखरेलले बताउनु भयो । लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण (जेसी) लाई सामाजिक न्याय हेर्ने संयन्त्रको रूपमा लिने गरिन्छ ।
