जेष्ठ १२,पाल्पा
नेकपा एमाले पाल्पाको १० औं अधिवेशनले ओमबहादुर घर्तीलाई जिल्ला अध्यक्षमा निर्विरोध चयन गरेको छ । अधिवेशनले घर्ति मगरलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो ।
शनिवार उनको अध्यक्षतामा १०१ सदस्यीय जिल्ला कमिटी चयन भएको छ । एमाले उपाध्यक्षमा विमल काफ्ले, सचिवमा रामजी पोखरेल, उप–सचिवमा दिपक विश्वकर्मा र महिला उप–सचिवमा मिना जि.सी. चयन भएका हुन् ।
जिल्लाका २ नगरपालिका र ८ गाउँपालिकालाई समेटेर १ सय ५ सदस्यीय जिल्ला कमिटी चयन भएको एमाले पाल्पाले जनाएको छ ।
अन्तिम समय सम्म अध्यक्ष पदका लागि ओम बहादुर घर्ति र रामजी पोखरेलले दावी नछोड्दा सर्बसम्मत नेतृत्वकोलागि समय लम्विएको थियो । बर्तमान एमाले पाल्पाको नव निर्वाचित कमिटीमा सचिवमा पोखरेल र सहसचिवमा विश्वकर्मा पुनः दोहोरिएका हुन् ।













