कपिल अधिकारी
बुटवल, जेठ १० ।
लुम्बिनी प्रदेशका माननीय मुख्य मन्त्री जोख बहादुर महराले जितगढी किल्ला बुटवल तथा रुपन्देही मात्रै नभई लुम्बिनी प्रदेश र समग्र राष्ट्रकै ऐतिहासिक क्षेत्र भएको बताएका छन् । राष्ट्रिय स्वाधिनताका लागि नागरिक मञ्च नेपाल ०५९ को आयोजनामा बिहीबार बुटवलमा आयोजित राष्ट्रिय स्वाधीनता ऐतिहांसिक बटौली गढी र समर सौन्दर्य नायक कर्णेल उंजिर सिंह विषयक विचार गोष्ठीमा बोल्दै मुख्यमन्त्री महराले यस्तो बताएका हुन् । उनले जितगढीको बिकासमा प्रदेश सरकार सधै साथमा रहेको उल्लेख गरे । उनले नायक कणर्ेल उंजिर सिंहको नेतृत्वले गर्दा नेपालले बिजयी हासिल गरेको बताए ।
लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले जितगढी किल्लाको साथमा बल्डेङगढी, माथागढी, नुवाकोटगढी लगायतका क्षेत्रको बिकास गर्नुपर्ने बताए । उनले यहाँका क्षेत्र निकै ऐतिहासिक रहेको उल्लेख गरे ।
बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले जितगढीको ब्राण्डीङको काम गरिसकेको उल्लेख गर्दै अहिले उपमहानगरपालिका भित्र बिभिन्न कामहरु भएको बताए ।उनले नायक कणर्ेल उंजिर सिंहको योगदानको प्रसंसा गर्दै तिनाउ नदि किनारमा आरति केन्द्र बनाउने योजना रहेको बताए ।
कार्यक्रममा जिगतढी संग सम्बन्धीत बिभिन्न ब्यक्तिहरुको सहभागिता रहेको थियो ।