काठमाण्डौं ।
रंगकर्मी ईश्वर बल्लभ उप्रेती फिचरिड. म्युजिक भिडियो आदत बन्यौ सार्वजानिक भएको छ । शनिबार ग्वार्को स्थित म्युजिक सिटी हलमा पत्रकार सम्मेलन गरि गितको अडियो भिडियो सार्वजानिक गरिएको हो । ईश्वर संगै गितमा नवकलाकार रश्नी लामा लाई पनि देख्न सकिन्छ । बरिष्ठ गायक आनन्द कार्कीको बाहुलीबाट उक्त गितको सार्वजानिक गरिएको थियो । कार्कीले सबै टिमको उत्कृष्ट मेहनतमा एउटा सुन्दर गित तयार भएको प्रतिकृया दिए । साथै म्युजिक भिडियो निर्माणका क्रममा युनिटले भोगेका तिता मिठा कुरा सुनाएका थिए । आदत बन्यौमा हिमानी सुब्बाको लगानी रहेको छ । द हिमालयन मुभिजबाट बजारमा आएको यो गितमा शब्द उत्तम बर्तौला , म्युजिक तथा स्वर सौगात जंग थापा र अनु चौधरीको रहेको छ । भने बिशाल निरौलाको एरेन्ज रहेको छ ।
संजिला बिश्वकर्माको कोरियोग्राफ रहेको गितलाई जिवन शाहिले निर्देशन गरेका हुन भने भिडियो सम्पादन टेकेन्द्र शाहले गरेका छन् । मेकिड.का हिसाबले उत्कृष्ट भिडियो बनेको यो गितका शब्दले डिजिटल प्लेटफर्ममा राम्रो पकड जमाउने बिश्लेषण गर्न सकिन्छ ।













