पाल्पा- माघ २६ बन्दना पोखरेल
प्रत्येक जित र हार प्राप्त गने शक्ति आफै भित्र हुन्छ , जसले जित्ने इच्छा शक्ति राख्छ उ सफल भएरै छाड्छ । हो यहि भनाई वाट प्रेरित भई वडा अध्यक्षको जिम्मेवारी सगैँ कृषि तथा पशु पालन पेशालाई अघि वढाएका मध्ये एक हुन तोयानाथ सारु । जसले जनताको मतलाई कदर गर्दै पशु पालनलाइ पनि सगैँ लैजानु भएको छ ।
सिंगदरवारले दिएको अधिकार पाएका स्थानिय तहका अध्यक्षको दैनिकी कस्तो होला सवैको जसो हुने गदछ । धेरै जसो वडा अध्यक्षको उत्तर हुन्छ विहानै देखि साझ सम्म भेटघाट गोस्टी सेमिनार योजना निर्माण र अनुगमन आदि मा दौडधुप सम्भबत धेरै जसो स्थानिय तहका प्रमुख र वडा अध्यक्षको दिन चर्या यहि हुन्छ । तर रामपुर नगरपालिका वडा न १० का वडाअध्यक्ष तोयानाथ सारुको दैनिकी भने अलि फरक छ । उहाँ विहान करिव ५ बजे उठ्नुहुन्छ । उहाँको घरमा अहिले करिव ३सय लोकल कुखुरा भैसि बाख्रा रहेका छन् ।
कामलाई पुजा ठान्ने सारु अहिले व्यावसायीक रुपमा लोकल कुखुरा पाल्नु भएको छ । कालिगण्डकी करीडोरको रामपुर पिपल डाडा सडक खण्डमा रामपुर १० होस्दी करिडोरमै जोडिएको जग्गा करिव १ रोपनि ९ आना भाडामा लिएर लोकल कुखुरा पालन सुरु गरेको बताउनु हुन्छ । उहाँका कुखुरा बुटवल नारायणघाट सुनौलि लगाएत करिडोरमा हिड्ने गाडिहरुले वढि लैजाने गरेको वताउनु हुन्छ । उहाको अवको उदेश्य भनेको यसलाइ वढाउदै लैजाने योजना रहेको वताउनु भएको छ ।
आज हामीले नगर्ने हो भने पछिको पिडिले सहि दिशा पाउन सक्दैनन । वडा. अध्यक्ष सारु भन्नु हुन्छ , राजनिति मात्रै नभएर उत्पादन सगँ जोडिनु पर्छ भनेर आफुले राष्टलाई केहि दिन पर्छ भनेर व्यावसायी सुरु गरेको वताउनु हुन्छ ।
माडि टर्की हेजरि र्फम काठमाडौबाट कुखुराको चल्ला ल्याएको वताउने सारुले उत्पादन गरेको उत्पादित वस्तु एक द्धार प्रणाली वाट स्थानिय सरकारले व्यवस्थापन गरेर विक्रि गर्न पाए विचौलीले सृजना गरेको कृषि निरुत्साहलाई र्निमुल गर्न अव राज्यले निति वनाएर जान सके युवाहरु कृषीमा जोडिन सक्छन
भन्ने सारुको भाईन रहेको छ ।
सरकारले ५ वर्षमा कृषी र पशुपालनमा आत्मनिर्भर भै १० वर्र्षमा कृषी उत्पादित वस्तु निर्यात गने रणनितिक योजना र्सावजनिक गरीरहदा राजनिति भन्दा माथि उठेर वडा अध्यक्षले गरेको यस्तो कामले पक्कै अरुलाई देश भित्रै काम गर्न प्रेरीत गर्छ ।











