माघ २, काठमाण्डौँ त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले ट्रान्सक्रिप्टलगायतका सेवाहरु विद्यार्थीको सहजतका लागि अनलाइन सेवाबाटै दिने व्यवस्था गर्ने भएको छ।
त्रिवि केन्द्रीय परीक्षा सञ्चालक समितिको मंगलबारको बैठकले परीक्षा नियन्त्रण कार्यालय बल्खु र क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयहरूबाट दिइने सेवालाई यही माघ १५ गतेदेखि अनलाइनमाध्यमद्धारा दिने व्यवस्था मिलाउने निर्णय गरेको हो।
प्रोविजनल प्रमाण पत्र, ट्रान्सक्रिप्ट, पुनर्योग, प्रतिलिपी जस्ता सेवाहरु अब विद्यार्थीहरुले अनलाइनबाटै लिन सकिने व्यवस्था गराउने उक्त कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ।
यसबारे विस्तृत जानकारी माघ १० गते www.tuexam.edu.np मा प्रविष्ट गरिने कार्यालयले जनाएको छ।














