रुपन्देहीमा तेस्रो संस्करणको रुपमा लुम्बिनी प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन सुरु भएको छ । आशिष स्पोष्ट्स हाउस एण्ड स्टेशनरीको मुख्य आयोजना र लायन्स क्लब अफ बुटवल स्टारको सहकार्यमा तेस्रो संस्करण सुरु भएको हो ।
प्रतियोगीताको शंकरनगरमा एक कार्यक्रमका विच लुम्बिनी प्रदेशका गृह मन्त्री सन्तोष कुमार पाण्डेयले शुभारम्भ गरे । कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले खेलकुदको माध्यमबाट राष्ट्रलाई समेत चिनाउन सकिने भन्दै खेलकुदको विकासका समैजना लाग्नुपर्ने बताएका थिए ।१४५ मेल्भीन जोनस डे वीक कार्यक्रम अन्र्तगत यो प्रतियोगीता शुभारम्भ गरिएकोहो । कार्यक्रममा ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव निरिक्षक विजयराज पाण्डीत, एलआईसीएफ कोडीनेटर सन्दीप कसौधन, म्याच रेफ्री उदय अर्याल, कार्यक्रम संयोजक राम बहादर साही, लायन्स क्लव अफ बुटवल स्टार्सका अध्यक्ष रिंकु लिगल लगायतको सहभागीता रहेको थियो ।
आशिष स्पोर्टसका संचालक आयुषकृष्ण श्रेष्ठका अनुसार २ दिनसम्म सञ्चालन हुने प्रतियोगीतामा पहिलो दिन पहिलो चरणका खेलकुद भएका छन् ।
प्रदेशस्तरको मेन्स सिङ्गल, मेन्स डबल्स र भेट्रान्स (४५ वर्षमाथि) गरि ३ ईभेन्टमा प्रतियोगिता हुने छ ।
मेन्स सिगलमा प्रथम टिमलाई १५ हजार, द्वितीयलाई ८ हजार र तृतीय टिमलाई ५ हजार रुपैयाँ, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ ।
यसैगरि मेन्स डबल्सको प्रथम टिमले ३५ हजार, द्वियीले २० हजार र तृतीय टिमले १६ हजार रुपैयाँ कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत हुने छन् ।
भेट्रान्स ४५ वर्ष माथिको प्रथम टिमले २० हजार, द्वितीय १५ हजार र तृतीय टिमलाई १० हजार, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने गरिने छ ।
यसैगरि प्रतियोगिताको उत्कृष्ट पाँच जना उदयीमान, उत्कृष्ट भेट्रान्स, उत्कृष्ट युवा खेलाडीलाई पुरस्कृत गरिने छ ।यो प्रतियोगीतामा अन्तिम आठमा पुग्ने खेलाडीलाई खेल सामग्रीबाट पुरस्कृत गरिने ब्यवस्था गरिएको छ । तिलोत्तमा नगरपालिकास्थित फिट एण्ड फाईन ब्याडमिन्टन कोर्टमा हुने प्रतियोगिता जारी रहेको छ ।












