पाल्पा–जिल्लाको पुर्वखोला गाउँपालिकाको १४ औँ गाउँसभा सम्पन्न भएको छ। गाउँसभामा गाउँपालिकाका अध्यक्ष नुन बहादुर थापाले कार्यपालिकाको निर्णय अनुमोदन प्रस्ताव र नितिगत निर्णय प्रस्ताव पेश गर्नु भयो । गाउँपालिकाका उपाध्यक्ष भागिरथि भट्टराईले योजना संशोधन तथा रकमान्तर थप योजना प्रस्ताव पेश गर्नु भयो । प्रशासकीय प्रमुख सुन्दर प्रसाद श्रेष्ठले अर्धवार्षिकिय प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भयो ।
अध्यक्ष , उपाध्यक्ष र प्रशासकीय प्रमुखबाट प्रस्तुत भएका प्रतिवेदनहरु माथि केही संशोधन गरि पारित भएको छ। गाउँपालिकाको यस वर्ष वडागत र गाउपालिकाबाट संचालन हुने ३४६ वटा योजना रहेकोमा २२ वटा योजना सम्पन्न भइ भुक्तानी भएको , १५१ वटा योजना सम्झौता भएको र १७३ वटा योजना सम्झौता हुन बाकी रहेको । १८ लाख ७९ हजार ४९४ रुपियाँ राजस्व संकलन भएको छ। गाउँपालिकाले कुल बजेटको हाल सम्म चालू र पुजिगत गरि २८ प्रतिशत खर्च गरेको छ।
गाउँसभामा सभाका सदस्य भुवन सिंजालि , वासुदेव न्यौपाने , समुद्रा भारती , सावित्रा थापा , शान्ति वि क रविन कुमार श्रेष्ठ याम बहादुर थापाले सार्वजनिक महत्त्व ,समसामयिक विषयको प्रशासन संचालन ,राजस्व संकलन , नापि तथा भु वर्गीकरण , शिक्षा स्वास्थ्य , पशु , प्राविधिक क्षेत्र , कर्मचारि माग साझेदारी कार्यक्रम , प्रशासनिक भवन , लिफ्ट खानेपानी विजुलिको अनुदान , फोहोर व्यवस्थापन , निर्माण सामाग्रिको दररेट ,लक्षितवर्ग कार्यक्रम , वन धढेलो लगाएको विषयमा जिज्ञासा राख्नु भएको थियो ।
सभाका सदस्यहरुले राखेका जिज्ञासाका बारेमा गाउँपालिकाका अध्यक्ष नुन बहादुर थापा ,उपाध्यक्ष भागिरथि भट्टराई , प्रशासकीय प्रमुख सुन्दर प्रसाद श्रेष्ठ ,
शिक्षा अधिकृत लोकहरि देवकोटा , स्वास्थ्य शाखाका प्रमुख मोहन ढकाल , इन्जिनियर लक्षण न्यौपाने , कृषि शाखाका प्रमुख सन्तोष कडेल पशु शाखाका प्रमुख धन बहादुर दर्लामि
नापि शाखाका अमन चौधरिले प्रति उत्तर दिनुभएको थियो । गाउँसभामा गाउँपालिकाका अध्यक्ष नुन बहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको हो।













