पूर्व राजा ज्ञानेन्द्र शाहले मुलुकमा अब नयाँ अध्यायको सुरुवात गर्नै पर्ने अवस्था आएको उद्घोष गरेका छन् । देशको दूरावस्थाप्रति चिन्ता प्रकट गर्दै उनले जनता एक ठाउँमा उभिन अपिलसहित चलिरहेको व्यवस्थामा ब्यापक परिवर्तन गर्नै पर्ने अवस्था आएको उल्लेख गरे ।
आज भैरहवामा नागरिक अभिनन्दनपश्चात सम्बोधन गर्दै उनले नेपालीहरुले खेपिरहेको पीडालाई आफूले नजिकबाट नियालिरहेको बताए । ‘म कतै अन्त गएको छैन । सदा–सदा नेपालीको साथमा छु । नेपालभित्रै छु ।’पूर्व राजा ज्ञानेन्द्रले भने । बेरोजगारी, गरिबी, शैक्षिक कमजोरी र बाध्यकारी परिस्थितिले लाखौं युवा जनशक्ति विदेशिन परेकोप्रति चिन्ता व्यक्त गर्दै पूर्व राजा ज्ञानेन्द्र यस्तो अवस्थाको अन्त्य हुर्नेमा जोड दिए ।
‘बीच बीचमा राजा आउँ देश बचाउ’ भन्ने दर्शदिर्घबाट गुञ्जीएको आवाजसँगै पूर्व राजा ज्ञानेन्द्रले अब सबै एक ठाउँमा जुट्ने बेला भएको उल्लेख गरे । ‘वीरता, पराक्रम, पुरषार्थ र उच्च मूल्य–मान्यतामा रहेको हाम्रो गौरवशाली देश अहिले सबैले हेप्ने, छड्के आँखाले हेर्ने अपमानितजस्तो बन्दै गएको स्वाभिमानी जनताले अनुभूत गरेका छन् ।
’पूर्व राजा ज्ञानेन्द्रले भने, ‘राष्ट्रको अस्तित्वमाथि आज खिया लाग्दै गइरहेको छ । हामी झन् परनिर्भर बन्दै आफ्नो स्वतन्त्र पहिचानबाट खुम्चिदै गइरहेका छौं ।’ यसरी खिइँदै जानु किमार्थ राम्रो नभएको उल्लेख गर्दै पूर्व राजा ज्ञानेन्द्रले नयाँ आध्याय सुरुवात गर्नुपर्नेमा जोड दिएका हुन् ।
« राष्ट्रपति पौडेल बुटवल आउँदै, नेपाली सेनाले जितगढी किल्ला बुटवल उपमहानगरपालिकालाई हस्तान्तरण गर्ने










