आज अंग्रेजी नयाँ वर्ष सन् २०२४ । आजको दिनमा नेपालमा पनि नयाँ वर्षसँगै नेपाली टोपी तथा राष्ट्रिय पोसाक दिवस मनाइँदैछ। विश्वभर अंग्रेजी नयाँ वर्षको रौनक चलिरहँदा नेपालमा भने यसका साथै राष्ट्रिय टोपी र पोसाकको प्रवर्द्धनका लागि पोसाक र टोपी लगाएर झण्डा फहराउँदै नेपाली पोसाकको पहिचान र परम्पराको जगेर्ना गरेको पाइन्छ।
केही वर्षदेखि नेपाली टोपीको प्रवर्द्धन गर्नका लागि भन्दै स्वतःस्फुर्त रुपमा अंग्रेजी नयाँ वर्षको पहिलो दिन पारेर यो दिवस मनाउन थालिएको हो। जंगबहादुर राणाकी बहिनी डम्बरकुमारीले आफ्ना दाजुलाई खुशी पार्न पहिलोपटक टोपी बनाएर उपहार दिएको संस्कृतविद्को भनाइ छ। नेपाल बाहिर रहेका नेपाली र नेपाली भाषीहरुले पनि नेपाली टोपी लगाउने गर्छन्। नेपाली टोपीको साइनो पाल्पा र पर्वतसँग जोडिन्छ।
यस दिनमा विशेषतः भाद्गाउँले टोपी र ढाका टोपीलाई नेपाली टोपीका रुपमा मानिन्छ।











