पाल्पा – निस्दि गाउँपालिकामा एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा निस्दी–५, गेझा बस्ने ७१ वर्षीय बेलबहादुर खाम्चा रहनुभएको छ ।
बुधवार राति घर फर्किने क्रममा बाटोबाट चिप्लिएर लड्दा खाम्चा गम्भीर घाइते हुनुभएको थियो । घाइते खाम्चाको रामपुर अस्पतालमा उपचारको क्रममा बिहीबार बिहान मृत्यु भएको अस्पतालले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो ।












