पाल्पा – नेपाली काङ्ग्रेस पाल्पाले प्रथम जिल्ला सम्मेलनको तयारी पूरा गरेको जनाएको छ । भोलि मङ्सिर ३० गते हुन लागेको प्रथम जिल्ला सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको काङ्ग्रेस पाल्पाले जनाएको छ ।
काङ्ग्रेसले पत्रकार सम्मेलन गरेर प्रथम सम्मेलनको सबै तयारी पूरा भएको जनाएको हो । पत्रकार सम्मेलनमा जिल्ला सभापति हिमालदत्त श्रेष्ठले पार्टीको विधान अनुसार पहिलो पटक सम्मेलन हुन लागेको जानकारी दिनुभयो । जिल्लासम्मेलन अघि वडा, पालिका, क्षेत्रको सम्मेलन भएको कांग्रेसले जनाएको छ ।
तानसेनमा हुने सम्मेलनमा जिल्लाभरिबाट एक हजार बढी नेता कार्यकर्ता सहभागी हुने उहाँले बताउनुभयो । सम्मेलनको उद्घाटन महामन्त्री गगनकुमार थापाले गर्नुहुने जिल्ला सचिव सन्तोषकुमार थापाले जानकारी दिनुभयो । सम्मेलनमा कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखक, डा.चन्द्र भण्डारीलागतयका नेताहरूले सम्बोधन गर्नुहुनेछ ।












