पाल्पा तानसेनको दमकडा खेल मैदानमा म्याक्स स्पोर्ट्द्वारा संचालित पाल्पा स्कुल कप २०८० को उपाधी तानसेन कै न्यू होराइजन मा.वि. ले हात पार्न सफल भएको छ ।
यहि मङ्सिर २३ गते देखि संचालित ६ विद्यालय सम्मीलित उक्त कपको आज भएको फाइनल खेलमा ९ विकेटले जनता मा.वि. लाई पराजित गर्दै होराइजनले उक्त उपाधी आफ्नो कोल्टामा पार्न सफल भएको हो भने म्यान अफ द सिरिज पनि न्यू होराइजनकै सुन्दर बस्याल बनेका छन ।












