पाल्पा – जिल्लाको निस्दि गाउँपालिका ७ मोटेखर्कमा टिपर दुर्घटना भएको छ ।
ज्यामिरे अरुणखोला भित्रि कच्चि सडक खण्डमा भुटुकेबाट चुनढुङगा लिई नवलपुरको होङसी सिमेन्ट तर्फ जादै गरेको लु २ ख ५२९ टिप्परको अचानक ब्रेक फेल भई टिप्पर सडकको भित्तामा ठोकिएर दुर्घटना भएको हो ।
टिप्पर दुर्घटनामा परी सवारी एक जनाको ज्यान गएको छ भने तीन जना घाइते भएका छन् । मृत्युु हुुनेमा पूूर्वखोला गाउँपालिका –२ जल्पाकी १९ वर्षीया दिल कुमारी आले रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिए । उनका अनुसार टिपरबाट हाम फाल्ने क्रममा सोही टिपरको टायरले किच्दा आलेको घटनास्थलमै ज्यान गएको बताए ।
दुर्घटनामा परी निस्दी गाउँपालिका –७ की २५ वर्षीया हिमाली आले, चालक मकवानपुरको मनोहरी गाउँपालिका– ९ का २६ वर्षीय अञ्जन सुनार र सहचालक मकवानपुर हेटौडा –९ का २४ वर्षीय आशिष सुनार घाइते भएका छन् । घाइते आलेलाई टिपरबाट हाम फाल्ने क्रममा दायाँ खुट्टामा सामान्य चोट लागेको छ । चालक र सह चालकको अवस्था पनि मध्यम रहेको प्रहरीले जनाएको छ । घाईतेहरुको उद्धार गरी उपचारको लागि नवलपुर पठाइएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।













