पाल्पा–फूल, रङ र बत्तीहरूको झिलिमिली चाड मानिने तिहार नजिँकिदै गर्दा पाल्पाको सदरमुकाम तानसेन बजारमा चहलपहल बढ्न थालेको छ।
तानसेनको बैंक रोड,शित्तलपाटी, विशालबजार लगायतका क्षेत्रमा किनमेल गर्ने मानिसहरूको भीडभाड अत्यधिक बढेको छ। तिहारलाई लक्षित गरेर बजारमा विभिन्न किसिमका बत्तीहरू सजाइन थालेको छ भने व्यापारीहरूले तिहारको भाइ मसलालगायत सामग्री तथा टीका फूलमालाहरूको पनि बिक्री सुरू गरेका छन्।
तिहारको रमझमसँगै बजारमा देखिएको चहलपहलको केही तस्बिरहरु:

















