पाल्पा–पाल्पाको भुतखोलमा डुबेर एक युवाको मृत्यु भएको छ । मंगलबार विहान रुपन्देहीबाट घुम्न आएका सिद्धार्थनगर नगरपालिका–९ का २२ बर्षिय बिमल आचार्य तिनाउ गाउँपालिका–३ भुतखोलामा अचानक डुब्न पुगेका थिए ।
खोलामा डुबेका उनलाई प्रहरी चौकी दोभानबाट खटिएको प्रहरी टोलीले तत्काल उद्धार गरी उपचारका लागि बुटवल हस्पिटल पठाएकोमा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिए ।
आचार्यसँग सोही ठाउँकी २६ वर्षीया युना दाहाल पनि गएकी तर उनको भने अवस्था मध्यम रहेकोले बुटवल अस्पतालमा उपचार भइरहेको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।













