नेपाल राष्ट्र बैंकले दसैँ-तिहार तथा छठलगायत चाडपर्वलाई लक्षित गर्दै असोज २९ गतेदेखि नयाँ नोट साट्न पाइने भएको छ । केन्द्रीय बैंकले आइतबार एक सूचना जारी गर्दै असोज २९ गतेदेखि नयाँ नोट सटही सुविधा प्रदान गर्ने जनाएको हो ।
बैंकका अनुसार यस वर्ष प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँको दरले नयाँ नोट सटही सुविधा उपलब्ध हुनेछ । राष्ट्र बैंकले ५, १०, २०, ५० र १०० दरका एक-एक बन्डल नोट सटहीको सुविधा उपलब्ध गराउने बताएको छ ।













