दाङ – लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले फोहरमैलालाई स्रोतको रुपमा उपयोग गर्नु पर्ने बताउनु भएको छ । उहाँले त्यसको पुनः प्रयोग र प्रशोधनबाट आयआर्जन गर्न सक्नु पर्न्र बताउनुभयो । यसले आर्थिक बिकास र समृद्धि आउने बताउनुभयो ।
संघीय मामिला तथा सामान्य प्रसासन मन्त्रालयको आयोजनामा लुम्बिनीमा भयको फोहरमैला व्यवस्थापन सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको मस्यौदा उपर प्रदेशस्तरीय परामर्श कार्यशालालाई सम्बोधन गर्दै मुख्यमन्त्री चौधरीले यस्तो बताउनु भएको हो ।
फोहरमैलाबाट मानव स्वास्थ्य तथा वातावरणमा पर्न सक्ने प्रतिकूल प्रभावलाई न्यूनीकरण र फोहरमैलाको प्रभावकारी व्यवस्थापन गर्न प्रदेश सरकारले योजना बनाएर काम गर्नेछु, मुख्यमन्त्री चौधरीले भन्नुभयो, त्यो अभियानमा सरकार लाग्छ ।
उहाँले कानुनको मस्यौदा तयार गर्दा स्थानिय सरकार, प्रदेश सरकार र स्थानियसंग छलफल गरेर ल्याउनुपर्ने बताउनुभयो । अहिले आएको मस्यौदा केन्द्र सरकारले हामीलाई सुनाउँछ, तर छलफलमा उठेका सुझावहरुलाई समावेश गरिर्दैनु उहाँले भन्नुभयो , मुख्यमन्त्री चौधरीले छलफलमा उठेका सुझावहरुलाई समावेश गरेर केन्द्र सरकारले कानुन बनाउने कुरामा आशा व्यक्त गर्नुभयो।
उहाँले फोहर व्यवस्थापनको लागि आफुबाटै शुरुवात गर्नु पर्ने बताउनुभयो । उहाँले अहिले फोहरमैला जथाभावि फाल्ने चलन भएको औल्याउदै मुख्यमन्त्री चौधरीले अव सबैले फोहरमैला व्यवस्थापनको लागि तोकिएको ठाउँमा फाल्नुपर्ने बताउनुभयो । त्यसरी राखियको फोहरमैलालाई केन्द्र सरकार, प्रदेश सरकार र स्थानिय सरकारले व्यवस्थापनमा काम गर्नुपर्ने उहाँको भनाई छ । मुख्यमन्त्री चौधरीले फोहरमैला व्यवस्थापनको लागि कानुनी रुपमै समाधान खोज्नुपर्ने बताउनुभयो ।













