पाल्पा
पुर्वखाेला गाउँपालिकाकाे अायाेजना र देविनगर वडा कार्यालयकाे व्यवस्थापनमा उपभोक्ता समितिलाई याेजना संचालन गर्दा अावश्यक पर्ने कागजपत्र के के चाहिन्छ , कसरी तयार गर्ने र याेजना गुणस्तरीय दिगो कसरी बनाउने भन्ने उद्देश्यले तालिम संचालन गरेको देविनगर वडाका सचिव तेजि सरा थापाले जानकारी गराउनु भयो ।
तालिममा पुर्वखाेला गाउँपालिकाका प्रशासकीय प्रमुख सुन्दर प्रसाद श्रेष्ठले याेजना भुक्तानी गर्न अाउदा काम गरेको विवरण , प्रयोग भएका निर्माण सामाग्रीकाे भ्याट विल , निर्माण सुरुकाे अवस्था , काम भइरहेको अवस्था र सम्पन्न भइसके पछिकाे अवस्थाकाे फाेटाे उपभोक्ता समितिकाे नाममा खाेलिएकाे बैंक चेककाे फाेटाेकपि लगाएको कागजपत्र अावश्यक पर्ने बारे सहजिकरण गर्नुभयो । याेजना शाखाका प्रमुख विनोद नेपालले उपभोक्ता समिति गठन प्रक्रिया , उपभोक्ता समितिकाे काम कर्तव्य अधिकार के के छन् , बैठक पुर्तिका निर्णय कसरी लेख्ने , उपभोक्ता समिति र गाउँपालिका बिच याेजना सम्झौता गर्न चाहिने कागजपत्र के के हुन् , याेजना फरफारक गर्न के कस्ता कागजपत्र चाहिन्छ भन्ने विषयमा जानकारी गराउनु भयो ।
लेखा प्रशासनका दिपक कवरले याेजना भुक्तानी प्रक्रियाहरु के के छन् , कुन कुन के कस्ता विल भरपाइहरुमा राजेश्व कसरी काटिन्छ, याेजनाकाे विल भरपाइ कस्तो कसरी बनाउने, उपभोक्ता समितिकाे नाममा या सम्बन्धि कम्पनीमाे नाममा मात्र भुक्तानी हुने व्यक्तिको नाममा कुनै पनि रकम भुक्तानी नहुने विषयमा सहजिकरण गर्नु भयो । देविनगर वडाका सव इन्जिनियर घनश्याम ढाडा र हेक्लाङ वडाका सव इन्जिनियर झविन पल्लिले याेजनाकाे सर्वे कसरी गरिन्छ , अावश्यक निर्माण सामाग्रीकाे इस्टिमेट कसरी निस्कन्छ , याेजना सम्पन्न भए पछि मुल्यांकन कसरी निस्कन्छ भन्ने विषयमा सहजिकरण गर्नु भएको थियो । तालिमका प्रमुख अतिथि पुर्वखाेला गाउँपालिकाका उपाध्यक्ष भागिरथि भट्टराईले याे तालिमबाट उपभोक्ता समितिका पढाकारिले सहज रुपमा याेजना संचालन गर्ने र पारदर्शी रुपमा अाय व्यायकाे लेखाजाेखा राख्ने हुदा भाेलिका पुस्तालाई सिक्न सजिलाे हुने विचार व्यक्त गर्नुभयो ।
गाउँपालिकाका अध्यक्ष नुन बहादुर थापाले याेजना दिएर मात्र हुदैन त्यसको कार्यनयन कसरी गर्ने , त्यसबाट अहिले र पछि के सुविधा दिन्छ , गुणस्तरीय दिगाेपन कसरी बनाउने याेजनाकाे संरक्षणाामा उपभोक्ताहरुकाे भुमिका के हुन्छ , अावश्यकता र चाहना धेरै हुन्छ पहिलो प्राथमिकता के हाे । जनताले जान्नु जरुरि छ । पुर्वखाेला गाउँपालिकाले स्थानीयकाे अावश्यकतालाइ मध्यनजर गर्दै शिक्षा ,स्वास्थ्य , खानेपानी , कृषि , सडक पशुपालन , लगाएको क्षेत्रमा काम गर्दै अगाडि बढेको भन्दै गाउँपालिकाले गरेको काममा सबैले साथ दिनु पर्ने विचार व्यक्त गर्नुभयो । यश वर्ष देविनगर वडामा वडाकाे ३० वटा गाउपालिकाकाे ७ वटा प्रदेश केन्द्र गरि जम्मा ४४ वटा याेजना २ करोड १५ लाख बराबरको निर्माण याेजना संचालन हुने छन् ।
विभिन्न उपभोक्ता समितिका ६० जना उपभोक्ता पढाकारि सहभागी रहेको तालिम देविनगर वडाका अध्यक्ष मेहर सिं थापाको अध्यक्षतामा सम्पन्न भएको थियो ।













