बासुदेव ढकाल अशोज १९
पाल्पा, जिल्ला नागरिक र प्रहरी विचको सम्बन्ध थप सुमधुर बनाउनुका साथै कार्यालयबाट प्रवाadidas yeezy boost
nfl shop discount code
nike air jordan 4
nike air max women
custom bowling jerseys
custom jersey
wholesale wigs
nfl chicago bears
best nike air max shoes
dallas cowboys
wigs on sale
cheapest jordan 4
cheap jerseys nfl
custom nfl jersey
full lace human hair wigs
ह भएका सेवा थप प्रभावकारी बनाउन र जिल्लाको अवस्थाको बारेमा जानकारी दिन जिल्ला प्रहरी कार्यालय पाल्पाले रामपुर नगरपालिकामा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी उपरीक्षक हेरम्ब शर्माको अध्यक्षतामा शुक्रबार भएको कार्यक्रम रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले शहर उन्मुख रामपुरमा बसाई सरी आउने संख्या बढ्दो रहेकाले सुरक्षा चुनौती बढ्दै गएको बताउनुभयो । शान्ति सुरक्षा कायम राख्नका लागि प्रहरीसंगै आम नागरिकको उत्तिकै महत्व पूणर् भुमिका रहने बताउनुभयो । उहाँले इलाका प्रहरी कार्यालयमा डिएसपि सहितको प्रहरी जनशक्ति थप गर्नका लागि पहल भैरहेको बताउनुभयो । रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापाले न्यायिक समितिले प्रहरी संग सहकार्य गरेर कार्यसम्पादन गर्दै आएको बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी उपरीक्षक हेरम्ब शर्माले जिल्लामा हाल ५ सय ८५ नागरिक बराबर १ जना प्रहरीले सेवा दिनु पर्ने अवस्था रहेकोले सिमित जनशक्तिका विच पनि शान्ति सुरक्षा प्रदानका लागि प्रहरी लागि परेको बताउनुभयो । पछिल्लो समय दुर्घटना न्युनिकरणमा उल्लेख्य सुधार भएको बताउँदै पाल्पामा विशेष गरी आत्महत्या र डुबेर ज्यान जानेको संख्या बढिरहेकाले यस तर्फ सरोककारवालाहरुले सोच्नु पर्ने समय आएको बताउनुभयो । शर्माले शान्ति सुरक्षा कायम गर्नुमा नागरिकको महत्वपूणर् साथ र सहयोगको अवश्यक पर्ने बताउनुभयो ।
सहभागीहरुले प्रहरी दरबन्दी थप गर्नु पर्ने, रातको समयमा गस्ती बढाउनु पर्ने, सुचना प्रदान गर्ने स्रोतलाई गोप्य राख्नु पर्ने, सवारी जाँचमा थप कडाईगर्नु पर्ने लगाएतका सुझाव दिएको कार्यक्रममा प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले प्रहरीले सम्पादन गरेका कार्य, जिल्लाको सवारी दुर्घटना, अपराधिक घटना, फौजदारी मुद्दा लगाएतका विषयमा तथ्याङ्क सहित प्रस्तुत गर्नु भएको थियो । रामपुर नगरपालिकाको सभाहलमा भएको कार्यक्रममा नगरपालिकाका जनप्रतिनिधि, राजनैतिक दल, यातायात व्यवसायी, सञ्चारकर्मी, महिला समूह, संघ संस्थाका प्रतिनिधि लगाएत सरोकारवालाहरुको सहभागीता रहेको कार्यक्रमको सञ्चालन ईलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक शालिकराम खनालले गर्नु भएको थियो ।