

पाल्पा-जिल्ला प्रहरी कार्यालय पाल्पाले अवैध काठ बरामद गरेको छ । रामपुर १० का लीला गाहाले सञ्चालान गरेको जनता फर्निचर उद्योगमा अवैध रूपमा सालको काठ छ भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले मङ्लबार साझ प्रहरी चौकी हुंगी र ईलाका प्रहरी कार्यालय रामपुरको प्रहरी टोलीले खानतलासी गरि अबैध काठ बरामत गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सन्तोष चन्दले बताउनु भयाे ।
उद्योगमा लुकाएर राखेको ९५ दशमलव आठ क्यु फिट सालको काठ फेला परेको र उक्त अवैध काठ बरामत गरेको उधोग लाई आवश्यक कारवाहीको लागि जिल्ला डिभिजन वन कार्यालय रामपुरमा पठाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सन्तोष चन्दले जानकारी दिनु भयो ।