यस वर्षको २०३ औ भगवती रथयात्राको तयारी भव्य रुपमा भईरहेको छ । हरेक वर्ष विजय उत्सवको रुपमा मनाउदै आएको भगवती रथायात्रा यस वर्ष पनि श्री ७ रणउजिरेश्वरी भगवती गुठी व्यबस्थापन समिती तानसेन पाल्पाले भव्यरुपमा मनाउने तयारी गरेको हो । सोमवार पत्रकार सम्मेलन गरी भगवती जात्रालाई भव्य एव्म सभ्य रुपमा मनाउने गरी तयारी भईरहेको जानकारी दिएको छ ।
गुठी व्यबस्थापन समितीले विजय उत्सवलाई भव्य बनाउन ९ वटा विभिन्न उप समिति गठन समेत गरिसकेको छ । गुठी व्यबस्थापन समितिले प्रकाशनाथ गोङ्गालको संयोजकत्वमा आर्थिक व्यबस्थापन उप समिति, सुशील प्रधानको संयोजकत्वमा झाँकी व्यबस्थापन प्रचार प्रसार उप समिति, मुल पुजारी हिक्मत बहादुर बज्राचार्यको संयोजकत्वमा पुजा व्यबस्थापन उपसमिति, पुरन महर्जनको संयोजकत्वमा वलि, पिपा, बजा व्यबस्थापन उपसमिति, दिपेन्द्र बज्राचार्यको संयोजकत्वमा प्रसाद व्यबस्थापन उपसमिति, सुशिला श्रेष्ठको संयोजकत्वमा स्वागत सत्कार उपसमिति, वसन्तमान सिमाङ्गैडाको संयोजकत्वमा मन्दिर सरसफाई रंगरोगन उपसमिति, ज्ञान कुमार बज्राचार्यको संयोजत्कत्वमा भजन व्यबस्थापन उपसमिति, सुरेश लिगल र सुरेन्द्रमान कर्माचार्यको नेतृत्वमा स्वयम सेवक रथयात्रा रुट उपसमिति गठन गरिएको समितिका अध्यक्ष अशोकमान महर्जनले जानकारी दिए ।
विजयउत्सवको अघिल्लो दिन विहान ८ बजे देखि मन्दिरमा विधिवत पुजा शुरु गर्ने, भजन कृतन गर्ने, राति साढे ११ बजे देखि पौनी १२ बजे भित्र भगवतीको रथलाई ३ पटक सम्म तोपसलामी सहित मन्दिर परिक्रमा गराउने र भगवतीको मूर्ति राख्ने कार्यक्रम रहेको समितिले जनाएको छ ।
भदौ २१ गते प्रमुख अतिथिको रुपमा लुम्विनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरी र विशिष्ट अतिथिको रुपमा नेपाली सेनाका बलाधिकृत रथी सरोज प्रताप रानाको सहभागिता १२ः३० बजे देखि १ः०० बजेको बीचमा विजय उत्सव स्वरुप भगवतीको रथ उठाउने र बजार परिक्रममा गराउने कार्यक्रम रहेको समितीले जनाएको छ ।
कार्यक्रममा पत्रकार कृष्ण पोखेल,मिलन विश्वकर्मा,विजय बौडेल लगाएतले आफ्ना जिज्ञासा तथा सुझाव राखेका थिए ।













