बासुदेव ढकाल
रामपुर -भाद्र १७
रामपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेड रामपुर नगरपालिका वडा न. ५ बेझाँड को आफ्नै नबनिर्मित व्यवसायिक भवन उद्घाटन तथा कार्यालय सेवा शुभारम्भ गरेको छ । लुम्बिनी प्रदेशसभा सदस्य एंव संस्थापक अध्यक्ष राजुप्रसाद श्रेष्ठले सहकारी सस्थाको नवनिर्मित व्यवसायिक भवनको उद्घाटन तथा कार्यालय सेवा सुरु गर्दै रामपुर बचत तथा सहकारी ऋण सहकारी यस क्षेत्रकै नमुना सहकारीको रुपमा स्थापित भएको बताउनुभयो । श्रेष्ठले झोलाबाट सञ्चालित सहकारी आज सुबिधासम्पन्न लिफ्ट सहितको आफ्नै भवनबाट सेवा सन्चालन भएकोमा धेरै खुसी लागेको बताउनु भयो । सहकारीका संस्थापक अध्यक्ष समेत रहेका श्रेष्ठले सामाजिक क्षेत्रमा पनि धेरै महत्त्वपूर्ण काम गर्दै आएको सहकारीले प्रबिधिमैत्री सेवा, सेयर सदस्य दुर्घटना बिमा, सेयर सदस्य मृत्यु हुँदा सम्मान स्वरुप १५ हजार प्रदान गर्ने ब्यबस्था लगाएत थुप्रै सेवा सुबिधा प्रदान गरेको बताउनु भयो ।
कार्यक्रममा रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले यो सहकारी रामपुरकै गहनाको रुपमा बिकाश हुँदै गएको र सबै सेयर सदस्यहरुलाई भरपर्दो सेवासुबिधा दिएको बताएका थिए । थापाले सहकारीलाई यो स्थानसम्म ल्याइ पुर्याउन सहकारीमा आबद्ध सबैले खेल्नु भएको भुमिकाको प्रशंसा गर्नु भयो ।कार्यक्रममा जेष्ठ नागरिक मञ्च पाल्पाका अध्यक्ष देबराज ढकाल,रामपुर नगरपालिका वडा न. ५ का वडा अध्यक्ष दुर्गा प्रसाद पोखरेल,अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सागर प्रसाद देबकोटा, रामतुलसी माध्यमिक बिद्यालयका प्रधानाध्यापक बालकृष्ण लम्साल लगायतले आफ्नो भनाइ राखेका थिए ।
कार्यक्रममा सहकारी सस्थाका अध्यक्ष गुरुप्रसाद रेग्मीले सहकारीको बारेमा जानकारी दिदै २०५७ सालमा स्थापना भएको सहकारीको २०६५ सालमा चन्द्रज्योति बचत तथा ऋण सहकारी संस्था बीच एकीकरण भई २०६५ सालदेखि बिधिवतरुपमा एकिकृत कारोबार गरेको बताए ।अध्यक्ष रेग्मीले १४ आना क्षेत्रफलमा फैलिएको भवनको २०७६ साल कार्तिक १६ गते सिलान्यास गरि निर्माण सुरु गरिएको बताउँदै भवनको कुल लागत २ करोड २५ लाख ३३ हजार रहेको जानकारी दिनुभयो ।
बेझाँडमा भाडाको घरमा सञ्चालन भएको सहकारीको हाल आफ्नै पाँच तले लिफ्ट सहितको सुबिधासम्पन्न भवन बनेको छ । संस्थामा हाल १ हजार ९८ जना बालबचतकर्ता सहित ४ हजार ३ सय १६ जना सेयर सदस्य आबद्ध रहेको जनाएको छ । संस्थाको कुल सेयर पुँजी ५ करोड ५२ लाख रहेको छ भने जम्मा पुँजी ५८ करोड ४९ लाख रहेको छ । कार्यक्रमका अबसरमा भवन निर्माण गरि सप्पन्न गर्ने निर्माण कम्पनीहरु लगायत भवन निर्माण उपसमितिका संयोजक तथा सदस्यलाई प्रमाणपत्र र दोसल्लाले सम्मान गरिएको थियो ।
संस्थाका कोषाध्यक्ष बाबुराम श्रेष्ठको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सचिव कृतिनाथ श्रेष्ठले गर्नु भएको हो ।