नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) पाल्पाले पार्टीको पुनर्गठन दिवस मनाएको छ। कार्यक्रम का प्रमुख अतिथि पार्टी अनुशासन आयोग केन्द्रीय सदस्य कृष्ण कार्कीले पार्टी भित्र अर्थपूर्ण सैद्धान्तिक बहस सुरुवात भएको बताउनु भयो।
कार्यक्रममा जिल्ला कमिटी अध्यक्ष अशोककुमार शाहीले पार्टी विभाजनको सुत्रपात के.पि शर्मा ओलि ले नवौ महाधिवेशन बाटै शुरु गरेको , उक्त महाधिवेशनमा नीति कार्यक्रम र बिचार एउटाको -नेतृत्व अर्कोको भएकाले नेकपा एमालेले कम्युनिष्ट आन्दोलनलाइ दुर्घटना ग्रस्त बनाएको , कम्युनिस्ट पार्टीको अस्तित्व नेकपा (एस)ले जोगाउनु पर्ने बताउनुभयो l
कार्यक्रमा पार्टी उपाध्यक्ष मोहन लाल गैरे सम्बद्ध किसान नेता मदन पाण्डे , सेवानिवृत्त राष्ट्रसेवक निम नारायण ढुंगाना, समाजवादी प्रेस सङ्गठन पाल्पाका अध्यक्ष पदम गैरे , प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठनका जिल्ला सचिव भवानी शंकर पाण्डे, सहकारी अभियन्ता सत्यमोहन सापकोटा, अनेमसंघ (समाजवादी) जिल्ला अध्यक्ष नारायणी खनाल, अनेरास्ववियू पाल्पा जिल्ला अध्यक्ष उमेश भण्डारी, प्रदेश कमिटी सदस्य वसन्त जी आर , प्रदेश कमिटी सदस्य विष्णु माया थापाले आ- आफ्ना धारणा राख्दै पार्टी निर्माण हुनुको औचित्य पुष्टि गर्न काँधमा काँध मिलाएर जाने प्रतिबद्धता गर्नुभयो l
कार्यक्रममा जिल्ला पार्टी सचिव जगन्नाथ नेपालले ‘नेकपा एस र अवको यात्रा’ विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो कार्यपत्रमाथि PNNTA केन्द्रीय सचिव अच्युतराज नेपाल र पेशागत महासंघका जिल्ला अध्यक्ष मीनप्रसाद बन्जाडेले टिप्पणी गर्नुभएको थियो l
कार्यक्रममा भदौ १२ गते बुटवलमा सम्पन्न हुने समाजवादी मोर्चाको लुम्बिनी प्रदेश स्तरीय कार्यक्रममा अर्थपूर्ण सहभागिता जनाउने निर्णय समेत गरेको छ l
कार्यक्रम पार्टी अध्यक्ष अशोक शाहि को अध्यक्षता मा चलेको थियोे।













