पाल्पा रिब्दिकोट
पछिल्लो समयमा रिब्दिकोट गाउँपालिका ४ भैरवनाथका किसान हरु अकबरे खुर्सानी खेतीमा व्यस्त छन्।व्यवसायिक रूपमा सुरु गरेका ६५ जना किसानहरुले खुर्सानी खेतीबाट राम्रो आम्दानी हुने भएकाले किसानहरु खुसी छन्। रिब्दिकोट गाउँपालिकाको मोल्चिङ मा ५०% अनुदान छ भने किसानहरुले एक रोपनीमा १००० बिरुवा लगएका हुन् ।अकबरे खुर्सानीको बजारमा राम्रो मूल्य भएको हुदा र खुर्सानी लाई बाँदरले पनि नखानी भएकाले खुर्सानी खेती गरेकोभन्छिन् गाउँपालिकाकि कृषि प्रविधिक सबिता थापा।
एउटा बोटमा करिब २ देखि ३ केजी सम्मा उत्पादन हुने र, बाँदर आतङ्कले हैरानी बेहोरेका यहाँका कृषकले वैकल्पिक खेतीको रुपमा अकबरे खुर्सानी खेती गर्न थालेका हुन्। अन्नबालीलाई बाँदरले नष्ट गर्न थालेपछि वैकल्पिक खेतीका रूपमा रिब्दीकोट ४ भैरबस्थान पाल्पाका कृषकले अकबरे खुर्सानी लगाउन थालेकाे उनको भनाइ छ । पानी नजम्ने चिम्ट्याईलाे दोमट माटो यसको लागि उत्तम हुन्छ । बलौटे माटोमा पनि यसको खेती गर्न सकिन्छ तर गोबर मल प्रशस्त राख्नु पर्दछ । माटोको पी.एच. ५.५. देखि ६.५ को हुनु पर्दछ । सुहाउँदो हावापानी भएकाले पाल्पामा खेती राम्रो हुने गरेकाे छ । अकवरे खुर्सानीको फाइदाहरु
धेरै छन् जस्तै खाना पचाउने काममा विशेष सहयोग पुर्याएको हुन्छ। माइग्रेनको समस्या समाधानका लागि पनि यो खुर्सानी अति उत्तम मानिन्छ। नियमित यो खुर्सानी सेवन गर्नाले केही हदसम्म क्यान्सर लाग्नबाट जोगिन सकिन्छ। कोल्ड फ्लुबाट बचाउन पनि धेरै हदसम्म मद्दत पुर्याउँछ। हाड जोर्नीमा हुने दुखाइ कम गराउन पनि यो खुर्सानी नियमित खान सकिन्छ। कार्डियो भास्कुलर र हार्टको समस्या हुनबाट जोगाउनमा पनि अकबरे निकै फाइदाजनक सावित छ।
डाइबिटिज हुनबाट जोगाउन विशेष भूमिका खेलेको हुन्छ। शरीरमा रेड ब्लड सेल बढाउन विशेष मद्दत पुर्याउँछ। रगतमा चिनीको मात्रा घटाउन मद्दत पुर्याउँछ र सुगर रोगबाट बचाउन मद्दत गर्छ। ग्याँस्ट्रिक तथा अल्सर रोग निदान हुन मद्दत गर्छ। पिसाब सम्बन्धी समस्या कम गराउन सहयोग पुर्याउँछ। अकबरे हालेर पकाएको खाना किटाणु रहित हुने हुँदा कुनै पनि तरकारीमा थोरै भए पनि यो खुर्सानी हाल्नु राम्रो मानिन्छ। थकाइपन घटाएर शरीर चङ्गा बनाउन विशेष भूमिका खेलेको हुन्छ तसर्थ अल्छी लागेका बेला अकबरे खुर्सानी र नुन पिनेर कुनै पनि चिजसँग खान सकिन्छ। यो खुर्सानीमा क्याप्सिसिन पाइन्छ जसका कारण पेट सम्बन्धी मात्र होइन, अन्य रोगीलाई समेत फाइदा पुर्याउँछ। एलर्जी हुनबाट जोगाउन धेरै हदसम्म मद्द गर्छ।
अकबरे खुर्सानी स्वास्थ को लागि अत्यन्तै फाइदा हुने उनकाे भनाई रहेकाे छ ।













