पाल्पा ( लोकतान्त्रिक आदिवासि जनजाति महासंघ पाल्पाको तेस्रो जिल्ला बैठक सम्पन्न भएको छ। बैठकले नगरपालिका गाउपालिकामा भदौ र असोज महिना भित्र पालिका स्तरीय महासंघ गठन गर्ने ,कात्तिक महिनामा जिल्लाका घटक संघहरुको कमिटी गठन गर्ने , जिल्ला पालिका स्तरिय महासंघलाई प्रशिक्षण कार्यक्रम संचालन गर्ने , सदस्यता मनोनित गर्ने , आर्थिक संकलन गर्ने लगाएको निर्णय गरेको छ ।
बैठकका प्रमुख अतिथि नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष धनेन्र्दराज घिमिरेले पाटिको स्थापना र पाटिलाइ यो स्थानसम्म ल्याउनमा आदिवासि जनजातिहरुको अमुल्य योगदान रहेको छ। जाहा जनजातिहरुको बाहुल्यता हुन्छ त्यहा नेकपा एमालेको संगठन बलियो मजबुत सक्रिय इमानदारीताका साथ अगाडि बढिरहेको छ । तर राज्य संचालनमा न्युन मात्रामा मात्र अवसर पाउने अवस्था रहेकोमा एमालेले यस्तो अवस्थालाई चिर्दै अगाडि बढ्ने विचार व्यक्त गर्नु भयो । जिल्ला कमिटीका उपाध्यक्ष देविलाल लामिछानेले पाल्पा जिल्ला आदिवासि जनजातिहरुको ९० प्रतिशत बसोबास गर्ने भएता पनि नेतृत्व तहमा अन्य जाति मात्र हुने गरेकोले अब आदिबासि जनजातिहरु पनि नेतृत्व तहमा पुग्न पुर्याउन एक साथ अगाडि बढनु पर्छ भन्नू भयो ।
लुम्बिनी प्रदेश सभा सदस्य खेम बहादुर सारुले लुम्बिनी प्रदेशमा एमालेका २९ जना सभा सदस्य भएकोमा २ जना मात्र मगर समुदायका र अन्य ६र७ जना मात्र आदिबासि जनजातिका सदस्य रहेको भन्दै हाम्रा जातिका युवाहरुलाइ शिक्षा राजनीति समाजसेवी जनचेतनामा बढि जोड दिनु पर्ने साथै संगठनहरुको विभागिय छलफलहरु अनिवार्य रुपमा गर्नु पर्ने आवश्यकता रहेको र महासंघलाई आफ्नो क्षेत्रबाट सधैं साथ सहयोग हुने प्रतिव्यक्तता गर्नु भयो ।
महासंघ केन्द्रीय सदस्य ओम बहादुर घर्तीले महासंघको उद्देश्य पाटि कार्यकर्ता बढाउने , पाटिको बारेमा प्रशिक्षण गर्ने , आदिबासि जनजातिहरुलाइ नेतृत्व तहमा पुर्याउने , आदिबासि जनजातिको इतिहास हालको अवस्था र सुधार गर्नु पर्ने पक्षको पहिचान गर्ने रहेको भन्दै केन्द्रिय महासंघले गरेका निर्णयहरुको बारेमा जानकारी गराउनु भयो । अर्का केन्द्रीय सदस्य त्रिरत्नलाल शाक्यले सबै जिम्मेवार व्यक्तिहरुले तोकिए अनुसारको जिम्मेवार परा गर्नु पर्छ भन्नू भयो ।
जिल्ला महासंघका कोषाध्यक्ष थानि सरा सोमै को स्वागत मन्तव्य सचिव गणेश रानाको संचालन र अध्यक्ष कृष्ण बहादुर सारुको अध्यक्षतामा जिल्ला बैठक सम्पन्न भएको हो।













