पाल्पा – तिनाउ गाउपालिका वडा नं.३ दोभान सिद्धबाबा क्षेत्रमा बलेरो जीपमा ढुङ्गा खसेको छ । गुडीरहेको जीपमा एक्कासी ढुंगा खस्दा तीन जना घाइते भएका हुन् । लु २ च २८४९ नम्वरको जीपमा सोमबार बिहान ६ः४५ वजे माथी देखि खसेको ढुङ्गा गाडीमा लागेर गाडी समेत क्षतविच्छेद भएको छ ।
जीपमा सवार ३ जना घाइते भएका छन् । घाइतेहरुलाई उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पठाईएको दोभान प्रहरी चौकीले जनाएको छ ।
घाइतेहरुको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । बुटवल देखि पाल्पातर्फ आउदै गरेको जीपमा माथिबाट एक्कासी ढुङ्गा खसेको थियो । सडक भने हाल सुचारु नै रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।













