

पहिलाे पाईला नेपालले आफ्ना नवआगन्तुक सदस्यहरुलाई सामाजिक कार्य, सामुहिक कार्य, क्षमता नेतृत्व तथा ब्यक्तित्व बिकास, संस्थागत जानकारी लगायत सामाजिक कार्यसम्बन्धी जानकारी दिने हेतुले हरेक बर्ष सञ्चालन हुन ट्रेन पहिलाे पाईला तथा नवआगन्तुक सदस्य स्वागत कार्यक्रम सम्पन्न भएकाे छ ।
पहिलाे पाईला नेपाल बुटवल शाखाकाे आयाेजनामा पहिलाे पाईला नेपाल बुटवल शाखाबाट नव सदस्यकाे रुपमा आबद्द हुने सम्पुर्ण सदस्यकाे स्वागत तथा संस्थागत जानकारीकाे लागि उक्त कार्यक्रम आयाेजना गरिएकाे हाे । उक्त कार्यक्रममा बक्ताकाे रुपमा उपस्थित पहिलाे पाईला नेपाल केन्द्रीय महासचिवले संस्थाकाे ईतिहास, परिचय लक्ष्य, उदेश्य, दुरदर्शिता, आबद्धता लगायतका बिषयमा प्रकाश पार्नु भएकाे थियाे ।
त्यसै गरी केन्द्रीय कार्यसमितिका बरिष्ठ उपाध्यक्ष आयुष पाैडेलले पहिलाे पाईला नेपालले सामाजिक कार्य गर्ने क्षेत्र, अभियान, संस्थागत संरचना लगायतका बिषयमा सहजिकरण गर्नु भएकाे थियाे । कार्यक्रममा बक्ताकाे रुपमा उपस्थित पहिलाे पाईला नेपाल बुटवल शाखाका सल्लाहाकार बाबुराम बन्जाडेले युवा नेतृत्व तथा समसामयिक बिषयमा आफ्ना भनाई राख्नु भएकाे थियाे त्यसैगरी विशेष बक्ताकाे रुपमा लुम्बिनी बाैद्द बिश्वबिद्धालयमा डिन मुकेशराज काफ्लेले युवा नेतृत्व, सामुहिक कार्य, सामाजिक कार्यमा युवाकाे सहभागीताकाे बिषयमा प्रेरणादायी भनाई राख्नु भएकाे थियाे ।
कार्यक्रममा प्रमुख बक्ताकाे रुपमा उपस्थित रक्षा बम ले सामाजिक संस्थावाट नेतृत्व, ब्यक्तित्व बिकास, महिला सशक्तीकरण, क्षमता बिकास तथा समुदायस्तर समुदाय साझेदारीमा सञ्चालन गरिने सामाजिक कार्यकाे बारेमा सहजिकरण गर्नु भएकाे थियाे । नवआगन्तुक सदस्यकाे तर्फवाट कमल प्रसाद पाेख्रेलले आफ्ना भनाई राख्दै आफ्नाे लक्ष्य अनुरुप संस्थाकाे उदेश्य रहेकाेले सामाजिक संस्थामा पहिलाे पाईला आफ्नाे राेजाई भएकाे र यश कार्यक्रमबाट धेरै जानकारी प्राप्त भई सामाजिक कार्यमा निरन्तर सहभाही हुने प्रेरणाा मिलेकाे कुरा ब्यक्त गर्नु भएकाे थियाे ।
उक्त कार्यक्रममा पहिलाे पाईला नेपाल बुटवल शाखाका नव आगन्तुक तथा सदस्यहरुलाई संस्थागत परिचय पत्र, ब्याच बितरण गरिएकाे थियाे । कार्यक्रम संयाेजक सुवास भट्टराईकाे स्वागत मन्तब्य, केन्द्रीय सचिव पारस मरासिनी, शाखा सल्लाहाकार गंगाधर न्याैपानेकाे शुभकामना मन्तब्य, प्रकाश पाख्रेलकाे धन्यवाद मन्तब्य, सचिव डिल प्रसाद अधिकारी राजनकाे सञ्चालन र शाखा अध्यक्ष विनाेद बस्यालकाे अध्यक्षतामा कार्यक्रम सम्पन्न भएकाे हाे । पहिलाे पाईला नेपालले समुदायस्तरमा सामाजिक कार्य गरिरहेकाे र साे का लागि आफ्ना सदस्यहरुकाे क्षमता अभिबृद्दी गराउन याे कार्यक्रम हरेक बर्ष सञ्चालन गरिरहेकाे छ ।