नेपाल अडिटर्स एशाेसियसन (अडान) रुपन्देहीले संस्थाका सदस्यहरुलाई प्रशिक्षण गरेकाे छ । नेपाल अडिटर्स एशाेसियसनकाे १८ ओैं स्थापना दिवसकाे अवसरमा शनिबार बुटवलमा आयाेजित कार्यक्रममा बजेटमा भएकाे परिवर्तन र लेखा परिक्षण पाेलिसिकाे बारेमा प्रशिक्षण गरिएकाे हाे ।
कार्यक्रममा आन्तरिक राजश्व कार्यालय कृष्णनगरका कर अधिकृत धनिश्वर अर्यालले त्यस विषयमा प्रशिक्षण गर्नुभएकाे थियाे । पेशागत हकहितकाे लागि दर्तावाला लेखा परिक्षकहरुकाे भेलाले २०६३ साल साउन २० गते नेपाल अडिटर्स एशाेसियसन (अडान) स्थापना गरिएकाे थियाे । जसकाे अहिले ६८ जिल्लामा संगठन विस्तार भइसकेकाे अडान रुपन्देहीका अध्यक्ष रामप्रसाद पाैडेलले जानकारी गराउनु भयाे ।
कार्यक्रममा अडान रुपन्देहीका निवर्तमान अध्यक्ष डिआर शर्मा केन्द्रीय सदस्यहरु चन्द्रकान्त भट्टराई र नारायण घिमिरेलाई सम्मान गरिएकाे छ । उहाँहरुलाई अडान केन्द्रीय निवर्तमान अध्यक्ष माेहनराज रेग्मी र जिल्ला अध्यक्ष रामप्रसाद पाैडेलले दाेसल्ला ओढाएर सम्मान गर्नु भएकाे हाे ।
कार्यक्रममा बाेल्दै अडान केन्द्रीय निवर्तमान अध्यक्ष माेहनराज रेग्मीले संस्थामा कतिपय कुराहरु सुधार गर्नुपर्ने बताउदै अरुलाई प्रमाणपत्र र छाप दिने काम नगर्न आग्रह गर्नुभयाे । उहाले आफूले काम गर्न नसक्ने भएपछि आफ्नाे प्रमाणपत्र र छाप अरुलाई दिने प्रबृत्ति राेक्न आग्रह गर्नुभयाे । उहाले अडिटर बितेर गैइसकेपछि पनि उसकै हस्ताक्षरमा अडिट रिपाेर्ट आइरहेकाे बताउदै याे गम्भीर रहेकाे भनाई राख्नुभयाे ।
त्यस अवसरमा अडान रुपन्देहीका निवर्तमान अध्यक्ष डिआर शर्मा, केन्द्री सचिव नेत्रप्रसाद ज्ञवाली, प्रदेश अध्यक्ष ओमबहादुर मल्ल, आन्तरिक राजश्व कार्यालय कृष्णनगरका प्रमुख कर अधिकृत उद्धवराज न्याैपाने, नेपाल चाटर्ड एकाउन्टेन्ट संस्था बुटवलका अध्यक्ष शिवहरी शर्मा, रुपन्देही वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष बसन्तप्रसाद ढकाल, एक्यान रुपन्देहीका अध्यक्ष प्रदिप भट्टराई, नेपाल प्रेस युनियन रुपन्देहीका अध्यक्ष कविन्द्र नेपाल, संस्थाका उपाध्यक्ष काैसलकुमार कुवर लगायतले शुभकामना व्यक्त गर्नु भएकाे थियाे ।
बजेटमा भएकाे परिवर्तन र लेखा परिक्षण प्रणाली, सहकारीमा देखिएकाे विषम परिस्थिती लगायतका कुरामा सजगता देखाउनु पर्ने भएकाले लेखा परिक्षणमा एकरुपता ल्याउनकाे लागि संस्थाका सदस्यहरुलाई प्रशिक्षण कार्यक्रम गरिएकाे संस्थाका सचिव कृष्णप्रसाद न्यापानेले जानकारी गराउनु भयाे ।













