पाल्पा -शुक्रवार युनाइटेड मिसन अस्पतालको तर्फबाट एक प्रेस बिज्ञप्ति जारी गर्दै अस्पतालको मागको बिषयमा सम्बोधन नभएकोले साउन २१ गतेबाट अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम स्थगित हुने जनाइएको छ । अस्पतालका निमित्त निर्देशक जीवन भट्टराईद्धारा जारी बिज्ञप्तिमा अस्पतालको मागको बिषयमा बोर्डबाट सम्बोधन भएमा अस्पताल जुनसुकै बेला पनि बीमा कार्यक्रम सञ्चालन गर्न तयार रहेको उल्लेख छ ।
तर स्वास्थ बिमा बोर्ड ले भने यसै बिषय "प्रस्तुत विषयमा पाल्पा जिल्लाबाट प्रतिनिधित्व गर्ने प्रतिनीधि सभाका माननिय सदस्यज्यूहरू अस्पतालका निर्देशक सहित मिति २०८०।०४।१८ गते यस बोर्डमा भएको छलफलमा उठेको विषयबस्तु बोर्ड मार्फत क्रमबद्ध रुपमा त्यस अस्पतालका समस्याहरु समाधान गरिने र सो सम्बन्धमा सेवा प्रदायक संस्थाले पुर्याउनु पर्ने आवश्यक प्रक्रिया पुर्याई अस्पतालले सहयोग गर्ने प्रतिबद्धता गरेको कारण हाल देखिएका समस्यालाई क्रमशः समाधान गर्दै जाने र तरकाललाई स्वास्थ्य बीमा बोर्ड र त्यस अस्पताल बिच भएको सम्झौता अनुसार नै सेवा सुचारू गर्नु हुन अनुरोध छ ।" भन्दै बक्तव्य जारी गरे सङ्गै स्वास्थ जस्तो बिषय मा पनि जुहारी खेलेको देखिएको छ ।
स्वास्थ्य बीमा सन्दर्भमा नीतितहमा खासकेही नै भएको छैन । यसकारण पनि पाल्पालीहरुले पटक पटक दुख पाउँदै आएका छन् । बीमाको स्वरुप र निरन्तरताबारे सरोकारवालाहरुको खास ध्यान जान सकेको छैन । जसका कारण बीमा सुविधा बन्द हुँदा धेरै गरिव तथा विपन्न परिवारका नागरिकहरु उचित उपचार पाउने अवस्थाबाट बञ्चित हुनुपर्ने अवस्था सृजना भएको छ ।














