१९ असार अर्घाखाँची
बिराट पहारी
अर्घाखाँचीको पाणिनी गाउँपालिकामा पहिरोले घर पुरिँदा तीन बालबालिकाको मृत्यु भएको छ । एक जना घाइते भएका छन।
पाणिनी गाउँपालिका १ पणेनाको गोवनपानी गाउँमा गंगा राष्कोटीको घर पहिरोले पुरिँदा तीन बालबालिकाको ज्यान गएको वडा अध्यक्ष कमल प्रसाद पोखरेले जानकारी दिए । तीन बालबालिका गंगा राष्कोटीका नाति,नातिना हुन् ।
घटनामा १० वर्षीय धनबहादुर राष्कोटी, १२ वर्षीय खुमबहादुर राष्कोटी र ११ वर्षीया मञ्जु राष्कोटीको मृत्यु भएको वडा अध्यक्ष कमल प्रसाद पोखरेल बताउनु भएको छ।
फोटो संकलन केशब पन्थी













