असार १५,पाल्पा
२०६२ साल असार १५ गते देखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो। त्यसैले हरेक वर्षको असार १५ मा धान दिवस मनाउने गरिन्छ । आज कृषकहरुले खेतमा काम गरी दही चिउरा खाएर धान दिवस मनाउने गर्दछन् ।
आजकै दिनलाई मानो रोपेर मुरी फलाउने दिन पनि भन्ने गरिन्छ । कृषकहरु वर्षभरका लागि छाक जुटाउन यो महिना धान रोप्नमा खेतवारीमा व्यस्त हुन्छन्। आजका दिन असारे भाकामा गीत गाउँदै छुपुछुपु हिलोमा धान रोप्ने गर्दछन्।
खेत जोत्ने,आलीकुना खन्ने र धानको विउ रोप्ने कृषकहरु एक आपसमा हिलो छ्यापाछ्याप गरेर रमाइलो समेत गर्ने गर्छन्। धान दिवसकै अवसरमा दही चिउरा खाने प्रचलन पनि रहेको छ ।













