

गजल
अब्बल छँदै जवानी तिम्रो हुने रहर छ सुम्पेर जिन्दगानी तिम्रो हुने रहर छ दिलको महल सजाई दिलभित्र राख्नलाई दिलकै गरि' लगानी तिम्रो हुने रहर छ त्यागेर बाउ आमा विर्सेर मित्र आफ्ना सर्वस्व प्यार ठानी तिम्रो हुने रहर छ आगो तिमी म पानी साटेर मन सँगै मन रच्दै नयाँ कहानी तिम्रो हुने रहर छ तिम्रो समीप बन्दा छोड्नै परे"जगत" यो सारेर राजधानी तिम्रो हुने रहर छ। जगत खड्का "दोलखाली "