चैत २२,पाल्पा ।निस्दीको आगन अम्रीसोको वगानले चिनिने निस्दी गाउँपालिकाले अम्रीसोको खेतीबाट वार्षिक करोडौंको आम्दानी भित्राउने गर्दछ ।
विगत १२ बर्ष अगाडि जिल्ला वन कार्यालय पाल्पाको विशेष पहलमा निस्दीमा अम्रीसोको खेती सुरु गरिएको थियो ।
निस्दी ३ झिरुवासमा रहेको अम्रीसोले भरिएको काउले डाँडा त झन अहिले पर्यटकहरुको रोजाइ मध्येको एक पर्यटकीय स्थल नै बनेको छ ।
अम्रीसोको पकेट क्षेत्रले चिनिने निस्दी गा.पा.मा जिल्ला वन कार्यालयको विशेष पहल तथा अनुसन्धान र निस्दी गा.पा. को समन्वयमा निस्दीमा हजारौं किवि को बिरुवा वितरण गरेको छ ।
जिल्ला वन कार्यालय पाल्पा प्रमुख नारायण देव भट्टराई तथा कार्यालयका विभिन्न पदका कर्मचारी र निस्दी गा पा अध्यक्ष मुक्त बहादुर सारु इलामका किवि खेती व्यवसाय युवराज पौडेललाई प्रशिक्षकको रुपमा लिएर निस्दीको कृषकहरुको घर घरमै पुगेर किविको विरुवा वितरण गरेको छ ।
सुरुमा अम्रीसोको खेती निस्दिमा आफैले सुरुवात गरेको बताउदै मंगलवार निस्दीलाई किविको पकेट क्षेत्र बनाउन लागि परेको जिल्ला वन कार्यालय पाल्पाका प्रमुख भट्टराईले बताउनु भयो ।
निस्दी अम्रीसो र मासुले आत्मा निर्भर बनेको र अझै कृषकहरुको आयस्रोत बढाउन विरुवा किवि र उत्पादन होस हेबि हुने उदेश्यले आज किविको विरुवा कृषकहरुको घरमै पुगेर बितरण गरेको निस्दी गा.पा. अध्यक्ष सारुले बताउनु भयो ।
इलामका किवि खेती व्यवसाय पौडेलले कृषकहरुलाइ किवि बिरुवा रोप्न सिकाउदै किविको व्यवसायबाट इलाममा करोडौं आम्दानी लिएको बताउदै किवि उत्पादन सगै वजारीकरणको कुनै समस्या नहुने वताउनु भयो ।













