दयाराज न्यौपाने
पाल्पा चैत २१ ।
दीर्घकालीन सोच लक्ष्य , बिषय क्षेत्रगत रणनीति योजना सहितको तीन दिने आवधिक गाउँ विकास योजना तर्जुमा कार्यशाला गोष्ठी बगनासकाली गाउँपालिकामा मंगलवार देखि सुरु भएको छ।
दिगो विकासको लागि गाउँपालिकाको समस्या समाधान सहितको सुझाव संकलन गर्ने गरि सोही आधारमा आवधिक योजना तर्जुमा आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष सरस्वती चिदीले बताउनु भयो । पालिकाका भित्रका ९ वटै वडामा भएका छ्लफल तथा अन्तक्रिर्या कार्यक्रमबाट आएका विषयहरुलाई विषयक क्षेत्र रणनीति निर्माणका लागि ६ वटा बिषयगत समिति बनाइ प्रस्तुतीकरण गर्ने गरि काम सुरु गरेको अध्यक्ष चिदिको भनाइ थियो ।
गाउँ पालिकाका प्रमुख प्रशासकीय अधिकृत बिष्णु बहादुर घर्तीले कार्यशाला गोष्ठीको लक्ष्य,उद्देश्यको बारेमा बताउदै गाउँपालिकाको भाग्य लेख्न यो गोष्ठीले मद्धत गर्ने बिश्वास व्यक्त गर्नु भयो । ।
पञ्चवर्षिय(आवधिक योजना निर्माणार्थ आयोजना गरिएको कार्यशाला गोष्ठीमा उपाध्यक्ष ,वडा का वडा अध्यक्षहरु ,कार्यपालिका सदस्य राजनैतिक दलका प्रतिनिधि ,संचारकर्मी ,शिक्षक वडा सचिव ,तथा गाउँपालिकाका विभिन्न शाखा प्रमुखको उपस्थितिमा कार्यशाला गोष्ठी सुरु भएको हो ।प्रदेश सुशासन केन्द्र लुम्बिनी प्रदेश बाकेको आयोजना र वाङ्गला इन्जिनियरिङ एन्ड डेभलपर्स प्रा।लि काठमाडौको सहयोग तथा सहजीकरणमा गोष्ठी चैत २३ गते सम्म चल्ने छ













