पाल्पा-१९,चैत्र
सिद्धार्थ राजमार्ग पुर्न दैनिक ९ घण्टा बन्द हुने भएको छ । सिद्धबावा क्षेत्रमा सुरुङ् मार्ग निर्माणको प्रारम्भिक काम गर्न राजमार्ग बन्द गरिने भएको हो । सिद्धार्थ राजमार्गको सिद्धबावा क्षेत्रमा सुरुङ् मार्ग निर्माण गर्नका लागि आवश्यक पूर्वाधार निर्माण गर्न पुनः सडक बन्द गर्न लागिएको जिल्ला प्रशासन कार्यालय पाल्पाले जनाएको छ । निर्माण कम्पनीको माग अनुसार यही २०७९ चैत २१ गते देखि दैनिक ९ घण्टा सडक बन्द गरिने जिल्ला प्रशासन कार्यलय पाल्पाले जनाएको छ ।
पाल्पाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाका अनुसार निर्माणको जिम्मा पाएको चाइना स्टेट कन्ट्रक्सन इन्जिनियरिङ् कर्पोरेसनको पत्र अनुसार अर्को सूचना नभए सम्मका लागि सडक दैनिक बिहान ११ बजे देखि दिउसो २ बजेसम्म र राति १० बजे देखि बिहान ४ बजे सम्म सडक बन्द गरिने जानकारी गराए । यसअघि पनि त्यस क्षेत्रमा सुरुङ् मार्ग निर्माण गर्न प्रारम्भिक चरणको काम गर्न सडक बन्द गरिएको थियो ।














