पाल्पा। रिब्दीकोट गाउँपालिकाद्वारा संचालित म बनाउछु मेरो रिब्दिकोट अभियान अन्तर्गत बृहत निःशुल्क स्वास्थ्य शिविर सफलतापुर्वक सम्पन्न भएको छ । रिब्दीकोट गाउँपालिका खस्यौलीको आयोजना तथा रोटरी ई क्लव फ्युजन हाईव्रीड नेपालको सहकार्यमा एक दिने बृहत निःशुल्क शिविर सम्पन्न भएको हो ।शिविरमा विषेशज्ञ डाक्टरद्वारा स्वास्थ्य जाँच अन्र्तगत सुगर ९मधुमेह जनरल मेडिसिन, स्त्री रोग, आँखा, नाक, कान, घाँटी,चर्म रोग,हाडजोर्नी,बालरोग,श्वासप्रश्वास,मानसिक रोग, हर्निया,हाइड्रोसिल लगायत विभिन्न रोगको परिक्षण गरिएको थियो
विभिन्न रोगबाट समस्यामा परेका स्थानियहरु पालिका भित्र प्रभावकारी स्वास्थ्यको पहुँच नहुदा तानसेन,बुटवल लगायतका क्षेत्रमा जानु पर्ने बाध्यतालाई मध्यनजर गरेर शिविरको आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष नारायण बहादुर कार्कीले बताउँनुभयो ।गाउँपालिका भित्रका जनतालाई गाउँमै सेवा दिएर लाभान्वित गराउने शिविरको उद्वेश्य रहेको छ ,यतिबेला ग्रामिण क्षेत्रमा युवा जनशक्तिको अभाव भएको र जेष्ठ नागरिकलाई हेरचाह गर्ने व्यक्तिको अभाव र आर्थिक समस्याले स्वास्थ्य संस्था सम्म पुग्न नसक्नेहरुका लागि शिविर प्रभावकारी बनेको अध्यक्ष कार्कीको भनाई छ ।
उपाध्यक्ष कान्ता अधिकारीले सर्वसाधारणमा स्वास्थ्यको पहुँच पुयाउने अभियान अन्र्तगत बृहत निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको बताउदै आफूमा रहेको रोगलाई लुकाएर बर्षै सम्म व्यक्त गर्न नसक्नेहरुका लागि समेत यस्ता शिविर फलदायी बन्ने बताउनु भयो । गाउँपालिकाले निति तथा कार्यक्रममा समावेश गरेर आयोजना गरेको स्वास्थ्य शिविरले ग्रामिण क्षेत्रका जनतालाई स्वास्थ्य सेवाको पहुँचमा ल्याउने अभियानमा पालिकाले खेलेको भूमिका प्रशंसनीय रहेको प्रमुख प्रशासकिय अधिकृत पवन अर्यालले बताउनु भयो ।
अर्यालले पालिकाले स्थानियहरुकोे भावनालाई बुझी आगामी दिनमा यस्ता शिविरहरुलाई निरन्र्तता दिनुपर्ने र जसले स्वास्थ्य उपचारका लागि बृद्वभत्ता बुझेर अस्पताल सम्म पुग्नु पर्ने समस्या छ वा रोगलाई लुकाएर बर्षै सम्म व्यक्त गर्न नसक्नेहरुका लागि समेत यस्ता शिविर प्रभावकारी बन्ने बताउनु भयो ।
१ दिने बृहत निःशुल्क स्वास्थ्य शिविरमा गाउँपालिकामा विभिन्न वडाका विभिन्न किसिमका समस्या भएका ५८२ जना बिरामीहरुले निःशुल्क औषधि सहित प्रत्यक्ष विशेषज्ञ स्वास्थ्य सेवा लिएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख सुनिल अधिकारीले बताउनु भयो ।
स्वास्थ्य शिविरमा भिडियो एक्स९रे सेवा १२१ जना, मधुमेह ९ सुगर जाँच ० ९० जना, हाडोर्नी तथा नसा रोग सम्बन्धी सेवा १३२ जना, आखाँ रोग सम्बन्धी सेवा ९२ जना, नाक कान घाँटी सम्बन्धी सेवा ४६ जना, जनरल फिजिसियन सम्बन्धी सेवा १५९ जना, दन्त तथा मुख स्वास्थ्य सम्बन्धी सेवा १८ जना, महिला रोग सम्बन्धी सेवा ९१ जना महिलाहरुको पाठेघरको मुखको क्यान्सर परिक्षण ५० जना सबैको खर्च गाउँपालिकाले व्यवस्थापन गर्ने गरि मनोचिकित्सक सम्बन्धी स्वास्थ्य सेवा १७ जना, वाल रोग सम्बन्धी स्वास्थ्य सेवा २० जना र जनरल सर्जरी सम्बन्धी सेवा १४ जनाले सेवा लिन सफल लिन सफल भएको प्रमुख अधिकारीले जानकारी दिनुभयो ।
आफुहरुले गाउँमै स्वास्थ्य सेवा प्राप्त गर्न पाउँदा खुसी लागेको बताउदै,समय समयमा पालिकाले यस्ता स्वास्थ्य शिविर संन्चालन गरेर सेवा प्रदान गर्नु पर्ने सेवाग्राहीहरु वताएका थिए । विशेषज्ञ सहितको विभिन्न स्वास्थ्य परिक्षणबाट पालिकाका विभिन्न वडाबासीहरु लाभान्वित भएका छन्। शिविरमा स्वास्थ्य सेवासँगै निःशुल्क आवश्यक औषधि समेत वितरण गरिएको थियो।













