बुटवल उपमहानगरपालिकाले ५८ औं जाती तथा रंगभेद उन्मूलन दिवस (२१ मार्च) को अवसरमा मंगलबार अन्तरक्रिया कार्यक्रम गरेको छ । जनप्रतिनिधि, दलित अधिकारकर्मी एंव सरोकारवाला व्यक्तिहरुको उपस्थितीमा कार्यक्रम गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख खेलराज पाण्डेले जातीय छुवाछुत सहित सबै प्रकारका भेदभाव अन्त्य गरि नमूना नगर बनाउने प्रतिबद्धता जनाउनुभयो ।
उहाँले सरकारको तर्फबाट उपमहानगर नै आफै आयोजक भएर जातीय भेदभाव र उत्पीडनका बिषयमा अन्तरक्रिया गरेर विभेद रहित नगर बनाउने अभियानको शुरुवात गरेको बताउनुभयो । उहाँले लोकतान्त्रिक आन्दोलनका कारण जातीय छुवाछुत अन्त्यका लागि कानुन निर्माण भएको र त्यसको कार्यान्वयनमा जोड दिनुपर्ने बताए । उहाँले जातीय भेद उन्मूलन दिवसलाई उपमहानगरले बार्षिक कार्यतालिकामा राख्ने समेत प्रतिबद्धता जनाउनुभयो । नगरप्रमुख पाण्डेले उपमहानगरले मानवीय विकासलाई पनि सँगसँगै अगाडि बढाउने नीति लिएको बताउनुभयो ।
कार्यक्रममा लुम्बिनी प्रदेशका निवर्तमान सांसद एंव पूर्व राज्यमन्त्री रिना नेपाल विक, अर्का निवर्तमान सांसद दीपा विश्वकर्माले जातीय भेदभाव समाजमा अझै पनि रहेकाले यसको अन्त्यका लागि सरकार संवेदनशिल बन्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै अधिवक्ता गोमती सुनार (दीपा) ले समुदाय तहमा अझै पनि जातीय भेदभाव अन्त्य हुन नसकेको, राजनीतिक नेतृत्वले ध्यान दिन नसकेको भन्दै कानुन कार्यान्वयनका लागि सरकार गम्भिर बन्नुपर्ने बताउनुभयो।
कार्यक्रममा बुटवल उपमहानगरका कार्यपालिका सदस्य यमबहादुर सुनारले दलित समुदायको पक्षमा आफुहरुले सक्दो काम गर्ने बताउँदै समुदायलाई सचेत गराउने अभियान स्वरुप २१ मार्चको कार्यक्रम गरिएको बताउनुभयो । कार्यक्रममा दलित वर्ग उत्थान जिल्ला समन्वय समिति रुपन्देहीका उपाध्यक्ष रवि सेन्चुरी, जसपाका केन्द्रीय सदस्य सावित्रा विश्वकर्मा, जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख भरत बहादुर विश्वकर्मा, संयुक्त दलित संघर्ष समिति रुपन्देहीका अध्यक्ष हरिओम विश्वकर्मा, दलित आन्दोलनका नेताहरु जुद्ध विश्वकर्मा, अधिवक्ता बाबुराम विश्वकर्मा, ओमप्रकाश विश्वकर्मा, बिसेनगर्ची फाउण्डेशनका अध्यक्ष रामकुमार रणपाल, डोलेन्द्र गहतराज, सुहाबहादुर नेपाली, पत्रकार विनोद परियार लगायतले लगायतले बोल्दै समाजमा जातीय भेदभाव अन्त्य हुन नसकेको बताउनुभयो । कार्यक्रममा बुटवल नगरका विभिन्न संघसंस्था, द













