फागुन २१ पाल्पा, जनकराज भट्टराई
फागु पूर्णिमा रङहरूको पर्वका रुपमा मनाइने होली पर्व हो । बसन्त ऋतुको आगामनसँगै रङ खेलेर हर्षा, उल्लासपूर्ण रुपमा देशभर होली पर्व मनाउने गरिन्छ । असत्यमाथि सत्यको जीतको रुपमा होली पर्व मनाउँदै आइरहेको पाइन्छ । एक आपसमा रङहरू दलेर खुशीयाली साटासाट गरेर मनाइने पर्वमा जसरी विभिन्न रङहरूको महत्व रहन्छ, त्यसरी नै समाजमा सबै जाति–भाषा, लिङ्ग, वर्ण तथा समुदायको सम्मिश्रण सुहाउँछ भन्ने मर्म यस पर्वले बोकेको छ ।
भातृत्व र आपसी सद्भभावको पर्व–हालीको रौनक विभिन्न क्षेत्रमा सुरु भइसकेको छ । विभिन्न स्थानमा संस्कार अनुसार होलीको उत्सव सुरु भएको छ । यस पर्वलाई मेलमिलाप, आपसी भाइचारा र सद्भावको सन्देश प्रवाह गर्ने विशेष अवसरका रुपमा मनाउनु पर्ने हो, तर अहिले केही भड्किलो र असमाजिक भएर जाँदैगरेको अनुभूती हुन्छ । नेपालमा खासगरी पहाड र तराई क्षेत्रमा छुट्टाछुट्टै दिनमा होली मनाउने गरिन्छ । हिन्दु संस्कृतिमा प्रत्येक वर्ष फाल्गुण शुक्ल पूर्णिमाका दिन होली मनाइन्छ । फागु खेल्न को लागि यूवाहरू जम्मा भएर स्थानीय खैजेडी, ट्याम्को, ढोलकी र मजुरा जस्ता बाजा बजाउदै घर घरमा गित गाउदै हिड्ने पुरानो चलन छ ।
तर पछिल्लो समय आएर यो पर्व अलि भड्किलो र फरक हुँदै जान लागेको छ । यहि लोप हुन लागेको फागु पर्व जोगाउन लागि परेका छन, पाल्पा तानसेन १३ का स्थानीय युवा । कामको सिलसिलामा गाउँ भन्दा बाहिर रहेका यूवाहरु अहिले गाउँमा आएर अग्रजको सहायतामा यो अभियानमा लागेको स्थानीय यूवा मनोज भट्टराई बताउनुभयो । फागु खेल्दा रामायण मा भएका गाथा ब्यथा गाउन पर्दा आफुहरू लाई अलि गाह्रो भएको अभियानका अर्का यूवा भेषराज बस्याल बताउनु हुन्छ ।













