माघ–२३, पाल्पा रामपुर- तेस्रो रामपुर महोत्सव ,हामी सबैको उत्सव भन्ने अभियानका साथ माघ २७ गतेदेखि फागुन ८ गतेसम्म हुने रामपुर महोत्सवको तयारी तिब्र रुपमा भैरहेको मेला मुल आयोजक समितिले जानकारी दिएको छ । तयारीकै क्रममा आज रामपुरका आमा समुह, महिला सन्जाल ,समुहको भेला भएको छ । मेला आयोजक महिला तथा आमा समूह परिचालन एबम ब्यबस्थापन उप समिति संयोजक उमा कुमारी श्रेष्ठको अध्यक्षतामा बसेको भेलामा महोत्सव शोभा यात्रा, झाक्री र्याली तयारी र सहभागीताको बारेमा छ्लफल गरि भब्य रुपमा सफल पार्ने निर्णय गरेको छ ।
भेलामा मेला मुलआयोजक समिति अध्यक्ष एबम रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकालले मेला महोत्सवको उद्देश्यको बारेमा जानकारी गराउदै सहभागीता र सहयोगको लागि अनुरोध गर्नु भएको छ । भेलाको सन्चालन महोत्सव आयोजक समिती सदस्य दुर्गा देवि रानाले गर्नु भएको छ । त्यसै गरि आजै संघका वरिष्ठ उपाध्यक्ष रुद्र नारायण श्रेष्ठको संयोजकत्वमा निस्दी गाउपालिका, बाणिज्य उपाध्यक्ष बिश्नु बहादुर सारु र उद्योग उपाध्यक्ष भरत राज देवकोटाको संयोजकत्वमा प्रस्तावना सहित सहयोग र समन्वयको लागि गल्याङ, चापाकोट नगरपालिका र रम्भा गाउँपालिकामा भेटघाट छ्लफल र समन्वय गरेको छ ।












