माघ २२, रामपुर पाल्पा
पौराणिक यबम धार्मिक स्थल रामकुवा राममन्दिरको प्रचार प्रसार गरि उजागर गराउने उद्देश्यले रामपुरनगरपालिका ७, रामकुवामा रचना वाचन कार्यक्रम भयको छ ।रामपुर साहित्यिक प्रतिश्ठान रामपुरको आयोजनामा मुक्तक मन्च रामपुरको सह आयोजना, समाज सुधार आमा समूह रामपुर पाल्पाको आतिथ्यतामा भयको जमघटमा २२ जना श्रश्टाहरुले रामकुवाको पौराणिक ,धार्मिक महत्व , पर्यटन सम्भावना , समसामयिक राजनीतिक सामाजिक परिबेश र बिकृती बिसङग्ती बारेमा सिर्जना गरि पाठ सुन्ने सुनाउने गर्नु भयको छ ।
रामपुर साहित्यिक प्रतिश्ठानका अध्यक्ष बासुदेव ढकालको अध्यक्षतामा भयको कार्यक्रममा प्रमुख अतिथी रामपुर नगरपालिका वडाध्य क्ष दोवराज तिवारिले कबिका लेख रचना र प्रस्तुतिले सन्देश मात्रै नभै सजग पनि गरायको बताउदै रामकुवाको धार्मिक पर्यटन बिकासमा नगरपालिकाले कार्यक्रम गर्ने बताउनु भयको छ । आतिथ्य सस्था समाज सुधार आमा समुह अध्यक्ष हिरा पोखरेलले सहभागीलाई शब्द टीका फुल दियर स्वागत गर्नु भएको कार्यक्रममा रामपुर नगरपालिका कार्यपालिका सदस्य दुर्गा भन्डारी गौतम ,न्यायपालिका सदस्य खेमराज अधिकारी , प्रगतिशील साहित्यकार राम गैरे पाल्पालिले आफ्ना भनाइ राख्नु भएको कार्यक्रममा सहभागी सहयोगी आतिथ्यता प्रदान गर्ने सबैलाई प्रतिश्ठानको उपाध्यक्ष हुमा देवकोटाले र सन्चालन मुक्तक मन्चका उपाध्यक्ष समीर पौडेलले गर्नु भएको हो ।













