पाल्पा, माघ १६
जिल्लाको रैनादेबी छहरा गाउँपालिका २ दिगबाट चितुवाको छाला सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रैनादेबी गाउँपालिका २ दिगका ३८ बर्षिय सोमान सिंह खत्री रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । सुराकीको आधारमा छापा मार्दा सोमबार दिउसो करिब ३ः४५ बजेको समयमा खत्रीको घरमा लुकाई राखेको अवस्थामा चितुवाको छाला सहित खत्रीलाई इलाका प्रहरी कार्यालय मुझुङ्गले नियन्त्रणमा लिएको हो ।
खत्रीको घरबाट चितुवाको मुख देखी पुच्छरसम्मको ६ फिट २ इन्च र छातीको भागको ३ फिटको छाला फेला पारि थप अनुसन्धानको लागी सब डिभिजन बन कार्यालय हार्थोकमा बुझाइएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।













