८ माघ,पाल्पा
पाल्पा रम्भा गाउपालिका स्थित ताहुँ प्राथमिक स्वास्थ्य केन्द्र मा हिज बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ| लियो कल्ब अफ पाल्पा को आयोजनामा रम्भा गाउपालिका को सहकार्य र युनाइटेड मिसन अस्पतालको प्राविधिक सहयोगमा उक्त रक्तदान कार्यक्रम सम्पन्न भएको हो|
कार्यक्रमको संयोजक तथा संचालक अजय कार्कि, प्रमुख अतिथिमा रम्भा गाउपालिका अध्यक्ष विष्णु प्रसाद भण्डारि तथा विशिष्ट अतिथि रम्भा गाउपालिका उपाध्यक्ष राधाकुमारि श्रेष्ठ ले गर्नु भएको थियो|
उक्त रक्तदान कार्यक्रममा प्राथमिक स्वास्थ्य केन्द्र ताहुँका प्रमुख डा• विवेक पौडेल,प्राथमिक स्वास्थ्य केन्द्रका जनस्वास्थ्य निरिक्षक फिरोज श्रेष्ठ, प्रहरि चौकि ताहुँका प्रमुख यम बहादुर पुन तथा अन्य समावजसेवि,स्वास्थ्य कर्मि र व्यापारि हरुको उपस्थिति मा ३७ जनाले रक्तदान गर्नु भएको हो|
कार्यक्रम संयोजक कार्किले पाल्पा मा रगत को माग बढी भएको र रक्तदता कम भएको बिरामी हरु को लागि रगत को अभाव ले गर्दा जटिल सल्यक्रिया रोकिने हुँदा टाढा टाढा बाट आउनी बिरामी ले सहज तरिका ले उपचार पाउन भनेर कार्यक्रम गरिएको बताउनु भयो| कार्यक्रममा लियो क्लब पाल्पाका अध्यक्ष कमल ज्ञवालिले रक्तदान सबैको समन्वयमा गर्नुपर्छ र सबैभन्दा महत्त्वपूर्ण कुरा, यो स्वैच्छिक हुनुपर्र्ने र विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले पनि त्यसका लागि काम गरिरहेको बताउनु भयो| रेडक्रस पाल्पाले युनाइटेड मिसन अस्पताल र लुम्बिनि मेडिकल कलेज प्रभासमा दैनिक जसो रक्तदान गर्नका लागि डोनर पठाउने गर्दछ ।













